२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मधुको पातै फरर (भिडियोसहित)

मधुको पातै फरर (भिडियोसहित)


काठमाडौँ । गायिका मधु क्षेत्रीले तीज गीत पातै फरर बजारमा ल्याउनुभएको छ । आशिष म्युजिक प्रालिले बजारमा ल्याएको सो गीतमा मधुले नै मोडलिङ गर्नुभएको छ । मोडलिङमा आश्विन मगरले मधुलाई साथ दिनुभएको छ ।

भद्र वलीको शब्द/सङ्गीत रहेको गीतको भिडियोलाई बासु बरालले छायाङ्कन र राजेशकुमारले सम्पादन गर्नुभएको छ । मधुले केही महिनाअघि ल्याएको ब्युटी ब्युटी छ गीतले राम्रै चर्चा पाएको थियो । पछिल्लो समय तीज गीतमा आएको विकृतिप्रति कटाक्ष गर्दै गायिका मधुले नेपाली परम्परागत ढाँचाको तीज गीत बजारमा ल्याएको बताउनुभयो ।

सात वर्षदेखि गायनमा सक्रिय मधुले बलराम राजवंशी, प्रकाश गुरुङसँग सङ्गीत सम्बन्धी ज्ञान सिक्नुभएको हो । सुदूरपश्चिम कैलालीको चौमालाकी मधु नेपाली लोक सङ्गीतमा भित्रिएको विकृतिप्रति सन्तुष्ट हुनुहुन्न । उहाँ दोहोरीमा अहिले फोहोरी भइरहेको छ, यो राम्रो होइन भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij