
काठमाडौं । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसियाली समूहको छनोट खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ ।
सिंगापुरमा आज भएको खेलमा मलेसियाले दिएको ९० रनको सामान्य चुनौती नेपालले २३ औं ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । नेपालको लागि रोहित पौडेलले सर्वाधिक ३४ रन जोडे ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ३६ औं ओभरमा अलआउट हुनुपूर्व ८९ रन जोडेको थियो ।
मलेसियाका लागि सुरुवाती व्याट्सम्यान साईद अजिजले ४६ रन जोडे । बलिङतर्फ नेपालका सन्दिप लामिछानेले ७ विकेट लिए ।
लामिछाने हालसम्म प्रतियोगिताका सर्वाधिक विकेट लिने खेलाडी हुन् । प्रतियोगिताको अन्तिम खेलमा नेपालले भोलि अफ्गानिस्तानको सामना गर्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij