
मुम्बई । बलिउड अभिनेत्री अनुष्का शर्माले आफूलाई करिना कपुरको अभिनयले फिल्ममा आउन प्रेरित गरेको बताएकी छन् । प्रदर्शनीको तयारीमा रहेको फिल्म ‘जब ह्यारी मेट सेजल’को प्रचारमा रहेकी यी अभिनेत्रीले फिल्म ‘जब वी मेट’को गीत मस्त मौला लड्की…र सो फिल्ममा करिना कपुरको काम देखेर आफू फिल्ममा आउन लोभिएको खुलासा गरेकी हुन् ।
अनुष्काले भनिन्, ‘जब मैले बिकानेरमा बुबाआमासँग फिल्म जब वी मिट हेरें । त्यतिबेला मलाई यो फिल्म साह्रै मन पर्यो र मैले त्यति नै बेला करिना कपुर जस्तै नायिका भएर फिल्ममा आउने योजना बनाएँ ।’
त्यसको केही वर्ष संघर्ष गरेर फिल्ममा आफू आएको बताउँदै अनुष्काले जब वी मिटकै निर्देशक इम्तियाज अलीको फिल्म ‘जब ह्यारी मेट सेजल’मा कामको प्रस्ताव आउँदा अति खुसी लागेको बताएकी छिन् ।
शाहरुखसँग आफूले अभिनय गरेको यो फिल्म दुई सातापछिबाट हलमा आउने जानकारी गराउँदै यसमा आफूले करिना बन्ने चाहना पूरा गरेको यी अभिनेत्रीले स्पष्ट पारेकी छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij