लखनउ । भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको सत्तामा आएपछि सबैभन्दा बढी कानुनी व्यवस्था कायम राख्न असफल भएको आरोप लाग्दै आएका बेला आपराधिक घटनामा समेत वृद्धि भएको देखिएको छ । पछिल्लो समयमा सरकार स्वयमले आपराधिक घटनामा वृद्धि भएको स्वीकार गरेको छ ।
विधानसभामा एक प्रश्नको जवाफ दिने क्रममा संसदीय कार्यमन्त्री सुरेश खन्नाले सरकार गठनदेखि मे ९ सम्ममा राज्यमा कुल ७ सय २९ हत्या, ८ सय ३ बलात्कार, ६० डकैती र २ हजार ६ सय ८२ वटा अपहरणका घटना भएको जानकारी दिए । सरकारले यही अवधीमा गत वर्षको अपराधका घटनाको विवरण जान्न चाहेपनि त्यो उपलब्ध नभएको बताइएको छ । विपक्षी पार्टीले गत वर्षको तुलनामा अपराधका घटनामा ३० प्रतिशत वृद्धि भएको बताएको छ ।
विधानसभामा बहुजन समाजवादी पार्टी (बीएसपी) का नेता लालजी बर्माले तथ्यांक नै दिएर बताएको यो तथ्यांकमा समाजवादी पार्टीसमेत सहमत छ । समाजवादी नेता राजेन्द्र चौधरी भन्छन्, ‘अखिलेश यादवको समयमा देशका १८ बढी राज्यमा भन्दा उत्तर प्रदेशमा राम्रो कानुन व्यवस्था थियो । यो नेसनल क्राइम ब्युरोको आँकडा थियो ।’
सरकारले दुई महिनाको अवधिमै अपराधका घटनाको ठूलो सूची पेस गरेको हो । तर सरकारले अपराध बढ्नुका कारण खुलाएपछि विपक्षी पार्टी सरकारसँग झनै आक्रोशित बनेका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले सदनमा भने,
‘अपराध बढेका होइनन्, बढेको यसकारण देखिएको छ कि पहिले अपराधका घटना दर्ता हुँदैनथे र अहिले अपराधका घटना दर्ज भइरहेका छन् ।’ विधानसभामा यो कुरा बताउँदै उनले सिधा रूपमा बहुजन सभाजवादी पार्टी र समाजवादी पार्टीतर्फ इंगित गरेका हुन् । हत्याका घटनामा गत वर्षको तुलनामा ५ प्रतिशतले कमी आएको उनको भनाइ थियो ।
यस्तोमा प्रहरी र प्रशासनले सरकारले यस्ता आपराधिक घटना दर्ता गर्न या नगर्न निर्देशन दिनसक्छ भन्ने प्रश्न खडा भएको छ । उत्तर प्रदेशमा प्रहरी प्रमुख समेत रहिसकेका प्रकाश सिंह भन्छन्, ‘यस्तो हुन पनि सक्छ । यूपीमा एक मुख्यमन्त्रीले अधिकारीहरूलाई अपराधमा ७० प्रतिशत कमी ल्याउन निर्देशन दिएका थिए र अधिकारीहरूले सो काम गरेर देखाए ।’
उनले अपराध जादुको छडीले अन्त्य नहुने भन्दै दर्ता नगरेर नै यति ठूलो संख्यामा अपराध घटेको उनको दाबी छ । यद्यपि समाजवादी पार्टीका नेता राजेन्द्र चौधरीले यो कुरा अस्वीकार गरेका छन् र मुख्यमन्त्री योगीको आरोपमा समेत आपत्ति जनाएका छन् । विशेषज्ञहरूले सरकारको आँकडामा जे सुकै भनिए पनि अपराधको अवस्था नलुकेको बताउँदै आएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij