२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

भरतपुर मुद्दाको सुनुवाई हुँदै, आजै फैसला आउने सम्भावना

भरतपुर मुद्दाको सुनुवाई हुँदै, आजै फैसला आउने सम्भावना


काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा आइतबार सुनुवाई हुँदै छ । ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा परेको यो रिटमा ६ दिनअघि हेर्दा हेर्दैमा राखिएको थियो । गत मंगलबार न्यायाधीश भण्डारी विदेश गएका कारण सुनुवाई रोकिएको थियो । न्यायाधीश भण्डारी स्वदेश फर्किएपछि आइतबार पुनः सुनुवाई सुरु हुन लागेको सर्वोच्च अदालतले जनाएको छ । मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुन मतदान गराउने निर्णय गरेको थियो ।

आयोगको त्यो निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिटमा गत सोमबार मुद्दा दायर गर्नेका तर्फबाट अधिवक्ता टिकाराम भट्टराईले मात्र बहस गर्नुभएको छ । आइतबार अरु कानून व्यवसायीले बहस गर्ने र सबैको बहस सकिएमा आइतबारै फैसला आउने सम्भावना छ ।

मुद्दामा सर्वोच्चले निर्णय नसुनाउँदा चुनाव भएको २ महिना बित्दा पनि भरतपुरमा मेयर उपमेयर तथा केही वडाका अध्यक्ष र सदस्य चयन हुन सकेका छैनन । चुनाव जितेका वडा अध्यक्ष र सदस्यहरुले पनि काम गर्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij