२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

निर्माता सुनिल रावलले दबाब दिए नायिका स्यारोन श्रेष्ठलाई प्रेमिका बन्न, स्यारोन भने सुटिङनै छाड्ने मनस्थितिमा

निर्माता सुनिल रावलले दबाब दिए नायिका स्यारोन श्रेष्ठलाई प्रेमिका बन्न, स्यारोन भने सुटिङनै छाड्ने मनस्थितिमा

काठमाडौं । सायद २ का निर्माता सुनिल रावलप्रति नायिका स्यारोन श्रेष्ठले गम्भीर आरोप लगाएकी छिन् । उनले एक अन्तर्वार्ताका क्रममा फिल्मका निर्माता रावलले आफूलाई प्रेमिका बन्न दवाव दिएको आरोप लगाएकी हुन् ।

निर्माता रावलले सुटिङ सेटमा आफ्नो प्रेमिका बने एयरहोस्टेस बनाइदिने प्रलोभन देखाएको नायिका श्रेष्ठले भनेकी छिन् । रावलको यस्तो प्रस्तावबाट दिक्क मानेर आफूले सुटिङ सेटसमेत छोड्न लागेको उनले बताइन् । निर्माता रावलको प्रस्तावलाई आफूले गम्भीर रुपमा लिन थालेपछि उनले यो कुरालाई मजाकमा उडाएको अन्तर्वार्ताका क्रममा भनेकी छन् ।

उता निर्माता सुनिल रावलले भने स्यारोनको भनाइको खण्डन गरेका छन् । उनले आफूले स्यारोनलाई यस्तो केही नभनेको र एयरहोस्टेस बनाउनका लागि आफू एयरलाइन्सको मान्छे पनि नभएको तर्क गरे । आफूले गलत काम नगरेको उनको दाबी छ । गलत गरेको भए पहिले नै यो कुरा मिडियामा ल्याउनुपर्ने बताउँदै उनले स्यारोनको कुरा सरासर झुट भएको बताए । गत असार ३० गते अल नेपाल रिलिज भएको फिल्म ‘सायद २’ ले राम्रो व्यापार भने गर्न सकेन ।

फिल्म हेरेका दर्शकहरुले राम्रै प्रतिक्रिया दिएता पनि व्यापारिक हिसावले भने कमजोर सावित भयो फिल्म । फिल्मले राम्रो व्यापार नगरेको स्वीकार गर्दै फिल्मका निर्माता रावलले फिल्म मात्र राम्रो बनाएर नहुने पनि बताएका थिए । यसका साथै उनले अबदेखि दुर्गिस ब्यानरले नयाँ कलाकार नलिनेसमेत फेसबुक लाइभमार्फत घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij