२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

नायिका श्वेता ‘कान्छी’ बन्ने जुर्यो साइत

नायिका श्वेता ‘कान्छी’ बन्ने जुर्यो साइत

काठमाडौं । अभिनेत्री श्वेता खड्का अभिनयमा फर्कन लागेको चलचित्र ‘कान्छी’को साइत जुरेको छ । चलचित्रको छायाँकन यहि साउन २९ गतेखि सुरु हुने भएको छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्रको काम सुरु गर्न लागेको अभिनेत्री श्वेताले आफ्नो फेसबुकबाट सार्वजनिक गरेकी छन् ।

अभिनेता दयाहाङ राइ, छायाँकार पुरुषोतम प्रधान, निर्देशक आकाश अधिकारी र अभिनेत्री तथा निर्माता श्वेता खड्का बिच हालै भएको सामुहिक छलफलले चलचित्र सुरु गर्ने मिति निर्धारण गरिएके हो ।

स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको शोकका कारण अभिनयबाट टाढा रहँदै आएकी श्वेता यसै चलचित्रबाट अभिनयमा फर्कन लागेकी हुन् । कान्छी श्वेताकै ब्यानरमा बन्न लागेको चलचित्र हो । चलचित्रमा श्वेताको दयाहाङ सँग रोमान्स रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij