२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

जनताको विश्वास कायम राख्न सकेनौं : दाहाल

जनताको विश्वास कायम राख्न सकेनौं : दाहाल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दलले जनताको विश्वास कायम राख्न नसकेको स्वीकार गरेका छन् ।

बुधबार ललितपुरमा गरिएको पार्टी पशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले जनताको विश्वास कायम राख्न नसक्दा स्थानीय तह निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकेको बताए ।

उनले माओवादीबाट फुटेर गएकाहरुका विचारलाई पनि जनताले अनुमोदन नगरेको भन्दै उनीहरुलाई मूलधारमा फर्कन आह्वान गरे ।

उनले वैद्य, बाबुराम र विप्लबको विचारलाई जनताले अनुमोदन नगरेको भन्दै उनीहरु माओवादी केन्द्रमा आउनुबाहेक अरु विकल्प नभएको जिकिर गरे ।

‘हिजो अलि धेरै नै के–के न गर्छौं भनेर जानुभा’थ्यो, जनताले त त्यसलाई स्वीकार गरेन, जनताले त्यसलाई अनुमोदन गरेन र गर्नसक्ने कुरा पनि थिएन’–उनले भने ।

राजनीतिक परिवर्तनलाई संस्थागत गर्न माओवादीबाट फुटेर गएकाहरु एकैठाउँमा आउनुको विकल्प नभएको उनको भनाइ थियो ।

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनमा माओवादीले हारे पनि मुद्दाका हिसाबले भने जित हासिल गरेको दाबी गरे ।

कार्यक्रममा स्थानीय तह निर्वाचनमा ललितपुरमा माओवादी केन्द्रबाट विजयी भएकाहरुलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij