२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

flood,victim,emergency

घर त बगायो नै परिवार पनि बगायो

घर त बगायो नै परिवार पनि बगायो

सबै जना सोकाकुल ,सरोकारवाला मौन

रामेछाप : यो कति सम्म जिम्मेवारी रहित छ , लिखु गाविस–६ खिम्तीमा शनिबार राति भएको भिषण वर्षा पछिको बाढीका कारण २ जनाको मृत्यु भएको छ । घटना परि ३ जना हराई रहेका छन् ।
साविक खिम्ती गा.वि.स.र फर्पु गाविसको सीमाना भएर बग्ने छतिवने खोलामाथिको मोटरेवल पुल बगाउँदा २ जनाको मृत्यु हुनुका साथै ३ जना वेपत्ता भएका छन् । घटनामा परि ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।
मृत्यु हुने मध्ये लिखु ६ की लाल कुमारी खत्रीको शव घरमै र वाशु भनिने जय प्रकाश कार्कीको शव खिम्तीभन्दा करिव ७ किलो मीटर दक्षिण तामाकोसी नदीको किनारमा फेला परेको छ । वेपत्ता हुनेहरुमा अशोक तामाङ, उनकी छोरी मनिता तामाङ र घर सहित खिम्ती खोलाले बगाएको सुमन कुमारी खत्री रहेका छन् । उनीहरुको खोजि कार्य जारी छ ।
घाइते हुनेहरुमा लक्ष्मी खत्री, कुमार खत्री, भगवती खत्री, सुन्तली खत्री, राधा खत्री, प्रमिशा खत्री, रुद्र गुरुङ्ग र विशाल बुढा रहेका छन् । गुरुङ र बुढा फर्पु–खिम्ती सडकमा काम गर्ने मजदुरहरु हुन ।


छतिवने खोलामा आएको बाढीले खोलामाथिको मोटरेवल पुल तथा पुल नजिकै रहेको २ वटा घर समेत बगाएको छ । छतिवने खोलामा आएको बाढीले खिम्ती खोलालाई थुनेपछि जम्मा भएको पानीको बहाव एक्कासी खुल्दा सो घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । खिम्ती खोला र छतिवने खोला किनारमा रहेको सयौं रोपनी खेत समेत खोलाले बगाएको छ ।

यता खिम्तीकै खानी खोलामा आएको बाढीले खानीखोलामा रहेको मोटर तर्ने पक्की डाइभर्सन बगाउँदा पुष्पलाल मार्गको सम्पूर्ण यातायात सेवा अवरुद्ध भएको छ । खानी खोलामा अस्थाई डाइभर्सन बनाउने काम सुरु गरिएको छ ।
घटनास्थल रामेछाप प्रहरी प्रम्ुख डिएसपि कुमोध ढुंगेलको टोली, मिन बहादुर थापाको नेतृत्वमा नेपाली सेनाको टोली, रेडक्रसको टोली, स्थानीय वासिन्दाका साथै स्वास्थ्य कर्मी सहितको टोलीले उद्दार गरिरहेका छन् ।

खिम्ती र छतिवन खोलमा बाढी आए पछि भाग्ने क्रममा घाइते भएकाहरुलाई उपचारको लागि आइतबार बिहान काठमाडौँ लगिएको छ । उनीहरुलाई हेलिकप्टबारट उपचारको लागि काठमाडौँ लगिएको हो । बिहानदेखिनै घाइते उपचारको लागि काठमाडौँ लैजाने प्रयाश गरिएको थियो । तर हेलिकप्टेर आउन ढिलाई भएको थियो । ढिलो गरी आएको सरकारी हेकिप्टर दोलखाको किर्नेटारमा बसेको थियो । हेलिकप्टर घटना स्थलमा आउन नसके पछि प्रावेट हेकिप्टरले बिरामीहरुलाई खिम्तबाट किर्नेटारसम्म पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij