२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

पहिलो पार्टी बनेपछि एमालेले केक काटेर मनायो खुसियाली

पहिलो पार्टी बनेपछि एमालेले केक काटेर मनायो खुसियाली

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको भन्दै केक काटेर खुसियाली मनाएको छ । आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरमा बसेको स्थायी कमिटीको बैठकमा केक काटेर खुसियाली मनाइएको थियो ।

नेकपा एमाले पहिलो पार्टी बनेकाले केक काटेर खुसियाली मनाइएको एमालेका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

दुई चरणमा भएका निर्वाचनमा नेकपा एमालेले अग्रता कायम राखेको छ । तेस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी नै बन्ने नेताहरुले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij