२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

हेटौंडा–सिस्नेरी यायायात सञ्चालन

हेटौंडा–सिस्नेरी यायायात सञ्चालन


हेटौंडा । हेटौंडा–कुलेखानी सडक खण्ड पर्ने सिस्नेरीको थिङ डाँडामा शनिबार गएको पहिरो डिभिजन सडक कार्यालयले आज हटाएपछि बिहानदेखि काठमाडौं –हेटौँडाको यातायात सञ्चालनमा आएको छ ।

इन्द्र सरोवर गाउँपालिका–३ सिस्नेरीको थिङ डाँडामा शनिबार पहिरो जाँदा कुलेखानी हुँदै सिस्नेरीतर्फको यातायात सेवा शनिबार रातिदेखि अवरुद्ध भएको थियो ।

सो बाटो अवरुद्ध भए पनि मदन भण्डारी राजपथअन्तर्गतको कुलेखानी– फाखेल सडकबाट हेटौँडा–काठमाडौँको यातायात सेवा भने सञ्चालन भइरहेको मकवानपुरका सहायक प्रजिअ हरिराज पन्तले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij