काठमाडौं : बिमारी को घुइचो अस्पतालमा हुनु स्वाभाविक हो तर ग्रीन सिटि अस्पतालमा हुने गरेको सेवामा बिमारी हरु सन्तुष्ट देखिन्छन् ।
अस्पताल प्रसासन र व्यवस्थापनमा चुस्तता भएकाे कारण अस्पतालकाे सेवबाट विरामीहरू सन्तुष्ट भएकाे बुझ्न सकिन्छ । काठमाडाैंका अन्य अस्पतालकाे तुलनामा यस अस्पतालमा दिइने बिमारी सेवा तुलनात्मक रूपमा स्तरीय रहेकाे नुवाकाेटकाे गेर्खुका विरामी दीपक घिमिरेले बताए ।
अस्पतालका अध्यक्ष लाेक बहादुर टण्डन अाफैं पनि सामाजिक अभियानमा विशेष चासाे राख्ने व्यक्तिकाे रूपमा चर्चित छन् । पछिल्लाे समय वाग्मती सरसफार्इ अभियानकाे अभियन्ताकाे रूपमा पहिचान बनाएका टण्डन पछिल्लाे समय चक्रपथ सरसफार्इ अभियानलार्इ पनि अघी बढाएका छन् ।
समर्पित भएर लाग्ने हाे भने काठमाडाैंकाे मुहार ५ बर्षमा नै फेर्न सकिने टण्डनकाे विश्वास छ । पश्चिमी जिल्ला गुल्मीबाट काठमाडाैं अाएका सामान्य अार्थिक हैसियतका टण्डन अाफ्नाे इमान्दारिता, कर्मशिलता र निरन्तरताकाे कारण नै अहिलेकाे अवस्थामा अाउन सफल रहेकाे स्वीकार्छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij