अर्गनाइजेसन अफ प्राइभेट स्कुल ओप्सको आयोजनामा काठमाडौंको कमलपोखरी स्थित रसियन कल्चरमा भानु नेपाली कविता महोत्सव सम्पन्न भएको छ ।
भानु जयन्तीको अवसर पारेर विहीवार आयोजना गरिएको उक्त कार्यक्रमको विशेष अवसरमा अर्गनाइजेसन अफ प्राइभेट स्कुलको तर्फबाट राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई सम्मान समेत गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि सत्यमोहन जोशी हुनुहुन्थ्यो । माधव प्रसाद घिमिरे कार्यक्रम अवधिभर विशिष्ट अतिथि हुनुहुन्थ्यो । 
कार्यक्रमको अवसर पारेर ओप्समा आवद्ध विद्यालयहरुमा संलग्न विद्यार्थी, शिक्षक तथा साहित्यप्रेमीहरुले आदिकवि भानुभक्त आचार्य प्रति समर्पित कविताहरु वाचन गरिएको छ ।
भानु जयन्तीको अवसर पारेर आयोजना गरिएको उ
क्त कविता वाचन कार्यक्रममा साहित्यकार राम प्रसाद ज्ञवाली, छन्दकवि भूगोलहरि सिग्देल, गजलकार राम बहादुर पहाडी, लेखक नारायण निरासी लगायतको उपस्थिति रहेको थियो ।
विद्यार्थीकाे लागि स्मरणीय दिन हुनेछ ः अर्याल
कौशल स्कुलका प्रिन्सिपल शिव अर्यालले सञ्चालन गर्नुभएको कार्यक्रमको संयोजन ज्ञानमन्दिर स्कुलका प्रिन्सिपल रविन बस्नेतले गर्नुभएको थियो । कार्यक्रम आयोजनाको उद्धेश्यबारे प्रष्ट पार्दै कार्यक्रम

सञ्चालक शिव अर्यालले भानुभक्तले नेपाली भाषा, संस्कृति र साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिनुभएको बताउँदै क्षणिक
रुपमा कार्यक्रम आयोजना गरेर मात्र सही रुपमा ऊहाँप्रति सम्मान गर्न नसकिने भन्दै ऊहाँले देखाउनुभएको बाटोलाई अनुसरण गर्नुपर्ने कुरामा जोड दिनुभयो । साथै विद्यार्थीहरूकाे निम्ति पनि यसपटककाे भानु जयन्ती विशेष स्मरणीय रहने बताउनुभयाे ।
रचनात्मक कार्यमा अग्रसर छौं ः अध्यक्ष खड्का
ओप्सका अध्यक्ष तथा हिम रश्मी स्कुलका प्रिन्सिपल लोकेन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्ष खड्काले ओप्स निरन्तर रुपमा विद्यार्थीको प्रतिभाको प्रस्फुटनको निम्ति समयानुकुल पृथक गतिविधिहरु सञ्चालन गर्नको निम्ति निरन्तर रुपमा सक्रिय रहँदै आएको बताउनुभयो ।
नेपाली कला, संस्कृतिको सम्मान, संरक्षण र प्रवद्धनमा नयाँ पुस्तालाई पनि उत्साहित बनाउने उद्धेश्यले समेत भानु जयन्तीको अवसरमा कविता महोत्सव आयोजना गरिएको कुरामा अध्यक्ष खड्काले जोड दिनुभयो । साथै निजी विद्यालयहरुको संगठनको रुपमा रहेको ओप्सले विगत देखि गर्दै आएका गतिविधिहरुको बारेमा संक्षिप्तमा जानकारीमूलक प्रस्तुति राख्नुभयो । आगामी दिनमा आफ्ना गतिविधिहरु अझ शशक्त रुपमा अघी बढाउनको निम्ति समेत आफूहरु लागिपरेको ऊहाँले बताउनुभएको छ ।
अध्यक्ष खड्काले नेपालमा निजी शिक्षा प्रदायक संस्थाहरुले विदेशी भाषालाई मात्र प्राथमिकतामा नराखेको, नेपाली भाषा, संस्कृति, कला, साहित्य र नैतिकताको क्षेत्रमा पनि प्रयाप्त काम गर्न सफल रहेको कारण चरित्रवान समाज निर्माणको निम्ति टेवा पुगेको बताउनुभएको छ । अध्यक्ष खड्काका अनुसार नेपालका शैक्षिक संस्थाहरु रचनात्मक कार्यमा समेत अग्रसर छन् । त्यसमा पनि ओप्स नियमित रुपमा बार्षिक कार्ययोजनाकै रुपमा थप पृथकताको अनुभुति गराउने कार्यमा निरन्तर रुपमा संलग्न रहँदै आएको छ ।

नेपाली संस्कृति, पहिचान र साहित्य जोगाउन अग्रसर बनौं ः रविन वस्नेत
कविता महोत्सव कार्यक्रमका संयोजक रविन बस्नेतले भानु जयन्तीकै दिन आफूहरुले कविता महोत्सव कार्यक्रम आयोजना गर्ने सौभाग्य मिल्नु र प्रमुख अतिथिको रुपमा सत्यमोहन जोसी तथा विशिष्ट अतिथिको रुपमा राष्ट्रकवि लगायतका व्यक्तिहरुको सामिप्यमा रहने सौभाग्य जुट्नु महत्वपूर्ण संयोग भएको बताउनुभयो । भानुभक्तले गाँसेको राष्ट्रिय एकतालाई जोगाउने दायित्व अहिले हाम्रो काँधमा रहेको इङ्गित गर्दै सबै नेपालीहरु भाषा, साहित्य र पहिचान बचाउनको निम्ति अग्रसर हुनुपर्ने बताउनुभयो । ‘पृथ्वी नारायण शाहले भौगोलिक एकता गरेजसरी भानुभक्तले भाषिक एकताको माध्यमबाट सम्पूर्ण नेपाल र नेपालीलाई एकढिक्का बनाउन सफल रहे, अहिले हामीले त्यसरी एकतावद्ध गरिएको नेपाली संस्कृति पहिचान र साहित्यलाई जोगाउनु अपरिहार्य छ । हामी त्यही उद्धेश्यले नै यो कार्यक्रमको आयोजना गरेका हौं ।’
कार्यक्रममा विशिष्ट अतिथि राष्ट्र कवि माधव प्रसाद घिमिरेले मुलुक नयाँ तवरले अघी बढ्न लागेको प्रसङ्ग उल्लेख गर्दै समृद्ध राष्ट्र निर्माणको निम्ति सबैमा जिम्मेवारी थपिएको कारण सबैजना आ–आफ्नो क्षेत्रबाट मौलिक संस्कार बचाउनको निम्ति अग्रसर हुन आग्रह गर्नुभयो । साथै विद्यार्थीहरुको बीचमा आफू उपस्थित भएर हौसला प्रदान गर्न पाएका साथै आफू सम्मानित समत भएकोमा आफूलाई गौरवान्वित महसुस भएको समेत घिमिरेले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोसीले ओप्सको उत्तरोत्तर प्रगतिको कामना गर्दै विद्यार्थीहरुलाई आफ्नो स्पष्ट भिजन तय गरेर योजनावद्ध रुपमा अघी बढ्नुपर्ने आवश्यकता औंल्याइदिनुभएको छ । कार्यक्रममा अन्य वक्ताहरुले पनि आ–आफ्नो धारणा राख्नुभयो ।
कार्यक्रममा एन्जल हार्टस स्कुलका शिक्षक अयोध्या प्रसाद प्याकुरेल, कौसल स्कुलका भाइस प्रिन्सिपल
भरत प्रसाद भण्डारी, विभुति ज्ञानमन्दिरकी सुवाना अधिकारी, चिल्डे«न एटर्नल एकेडेमीका एलिसा केसी, हिमरश्मी स्कुलकी प्रकृति सुवेदी, कौशल स्कुलकी कृष्टिना अधिकारी, मनास्लु स्कुलकी आकृति दवाडी, धु्रवतारा स्कुलकी तारा अधिकारी तथा प्रियस्का खड्का, फेरिल्याल्ड स्कुलकी दीपशिखा चौलागाईं लगायतले आफ्नो रचना प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्पन्न बनाउनको निम्ति विभिन्न ओप्सका सदस्य विद्यालयका प्रिन्सिपल तथा व्यवस्थापन पक्ष र विद्यार्थीहरुले आ–आफ्नो तर्फबाट महत्वपूर्ण योगदान दिएका थिए । कार्यक्रममा प्याब्सनका केन्द्रीय महासचिव जिएस पौडेल, ओप्सका सल्लाहकार डा. शंकर श्रेष्ठ, राम बहादुर केसी, युवराज थापा, प्याब्सन काठमाडौंका भक्त कुमार श्रेष्ठ, सृजना ज्ञानसागरका प्रिन्सिपल राजेन्द्र प्रसाद फुयाँल, कौशल स्कुलका भरत भण्डारी, फेरिल्याण्ड स्कुलका राम गौतम, ज्ञानमपन्दिर स्कुलका ज्ञानेन्द्र गिरी, प्याब्सन प्रतिनिधि थकित कुमार गुरुङ लगायतका व्यक्तिहरुको समेत संलग्नता रहेको थियो । 
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij