२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

हेटौंडा–काठमाडौँ यातायात अवरुद्ध

हेटौंडा–काठमाडौँ यातायात अवरुद्ध


हेटौँडा । हेटौँडा–कुलेखानी सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–३ अन्तर्गत पर्ने सिस्नेरीको थिङडाँडामा आज बिहान करिब २ बजे पहिरो जाँदा हेटौंडा–काठमाडौँको यातायात सेवा अवरुद्ध भएको छ ।

सो बाटो अवरुद्ध भएकाले वैकल्पिक रुपमा मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने कुलेखानी–फाखेल सडकबाट आज बिहानदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सिस्नेरी सडकखण्डको थिङडाँडाको पहिरो हटाउन डिभिजन सडक कार्यालयबाट दुई डोजर त्यसतर्फ पठाइको र मौसम सुधार भएमा आजै अपराह्नदेखि यातायात सेवा सञ्चालन गर्ने लक्ष्य रहेको प्रजिअ नारायणप्रसाद शर्मा दवाडीले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij