फोटो पत्रकार क्लबको आयोजनामा काठमाडाैंमा २ दिने फोटो प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा फाेटाे पत्रकारले वहन गर्नुपर्ने जाेखिम र उनीहरूकाे सुरक्षाकाे सम्बन्धमा सबैलार्इ सचेत र जागरूक बनाउने उद्धेश्य राखिएकाे छ । राजधानीको बबरमहल स्थित आर्ट काउन्सिलमा हुने फोटोप्रदर्शनीको उद्घाटन सभाामुख ओनसरी घर्ती मगरले गर्ने फोटोपत्रकार क्लबले जनाएको छ । पत्रकार तथा फोटोपत्रकारहरुले आफू जोखिममा परेर गरेका कार्यहरुका तस्बिर प्रदर्शनीमा राखिने क्लबले जनाएको छ ।

फोटो पत्रकार, पत्रकार, सर्वसाधारण, मिडिया संचालक लगायत नीतिनिर्माण तहमा बस्नेहरुलाई नेपालका फोटोपत्रकार र पत्रकारको शुरक्षास्थिती बारे जानकारी गराउनु फोटोप्रदर्शनीको मुख्य उद्येस्य रहेको क्लबले जनाएको छ । ब्याबसायिक फोटो पत्रकारिताको जोखिमपूर्ण अबस्था बारे बुझ्दै यसको अबस्थालाई सुधार गर्दै लैजानु पनि यो प्रदर्शनीको उद्येस्य रहेको छ ।
इन्टरनेशनल मिडिया सपोर्टको सहयोगमा हुने यो फोटो प्रदर्शनीमा ४५ वटा फोटोहरु समाबेश गरिएको छ । शुक्रबार र शनिबार गरी २ दिनसम्म चल्ने यो फोटोप्रदर्शनीमा पत्रकार तथा फोटोपत्रकारहरु कस्तो किसिमका चुनौतीको सामना गरेर कार्यक्षेत्रमा खटिएका हुन्छन भन्ने सबैले बुझ्ने बिश्वास फोटोपत्रकार क्लबले लिएको छ ।
