२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मुग्लिङ-नारायणगढ सडकले कोटेश्वरमा चाप, कार्यालय समयमा ट्रक, ट्रिपर र मिनिट्रकमा रोक

मुग्लिङ-नारायणगढ सडकले कोटेश्वरमा चाप, कार्यालय समयमा ट्रक, ट्रिपर र मिनिट्रकमा रोक


काठमाडौं । सरकारले बुधबारदेखि काठमाडौंको चक्रपथ क्षेत्रमा बिहान र बेलुका कार्यालय सञ्चालनको समयमा ट्रक, ट्रिपर र मिनि ट्रक सञ्चालनमा रोक लगाएको छ ।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ट्रक तथा ट्रिपर व्यवसाय महासंघ, यातायात व्यवसायी राष्ट्रिय महासंघको मंगलबार यातायात व्यवस्था विभागमा बसेको संयुक्त बैठकले बिहान ९ बजेदेखि ११ बजे तथा बेलुका ४ बजेदेखि ७ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

यस समयमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाबाट भित्रिने ट्रक, मिनिट्रक र टिप्परमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामा कोटेश्वर क्षेत्रमा गाडीको चाप बढी भएकाले चक्रपथ क्षेत्रमा ट्रिपर सञ्चालनमा रोक लगाएको बताउनुहुन्छ ।

प्रमुख लामाले मुग्लिङ–नारायणगढ सडक रातिको समयमा बन्द भएपछि कोटेश्वर क्षेत्रमा गाडीको चाप बढेको भन्दै चापलाई कम गर्न उक्त निर्णय गरेको बताउनुभएको छ ।

मुग्लिङ–नारायणगढ सडक सञ्चालन हुँदा बिपी राजमार्गमा दैनिक एक हजार ५ सयको हाराहारीमा गाडी सञ्चालन हुनेमा उक्त सडक रोक लगाउँदा बिपी राजमार्गमा दैनिक ६ हजार ५ सयको हाराहारीमा सञ्चालन हुने महाशाखाको तथ्यांक छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डे सबै नाकाबाट काठमाडौं भित्रिने ट्रक, ट्रिपर र मिनिट्रकलाई कार्यालय अवधिमा सञ्चालनका लागि रोक लगाएको बताउनुहुन्छ ।

ट्रक तथा ट्रिपर व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ जनताको सुविधाका लागि आफूहरुले ट्रक सञ्चालनमा रोक लगाउन लागेको स्वीकार गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामीले दैनिक एक सय ट्रक रोक्दा जनताले सुविधा पाउँछन् भने हामी रोक्छौँ’ महासंघले काठमाडौंमा ट्रक तथा ट्रिपर पार्किङ नहुँदा समस्या परेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij