२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बिमलको निर्णायक गोलमा बंगलादेशविरुद्ध नेपाल जीत

बिमलको निर्णायक गोलमा बंगलादेशविरुद्ध नेपाल जीत

काठमाडौ । कप्तान बिमल घर्ती मगरको एक मात्र गोलको मद्दतले नेपाली यू–२३ टोलीले बंगलादेशको यू–२३ टोलीलाई १–० गोलले पराजित गरेको छ । एसियाली फुटवल महासंघ यू–२३ च्याम्यियनसिप छनोटको तयारी स्वरुप खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल बिजयी भएको छ ।

योसँगै नेपालले भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) को समुह चरणमा बंगलादेशको यू–२३ टोलीसँग बेहोरेको पराजयको बदला लिएको छ । नेपाल त्यतिबेला २–१ गोलले पराजित भएको थियो ।

सातदोबाटो स्थित अखिल नेपाल फुटवल संघ (एन्फा) को मैदानमा खेलिएको खेलमा बिमलले खेलको २० औं मिनेटमा अञ्जन बिष्टको पासमा उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि निर्धारित समयमा दुबै टोलीबाट थप गोल हुन नसकेपछि बिमलको गोल नै निर्णायक बन्न पुग्यो ।

अब नेपालले संयुक्त अरब इमिरेट्समा असार ३१ देखि साउन ४ गतेसम्म एएफसी यू–२३ च्याम्पियनसिप छनोट प्रतियोगिता खेल्नेछ । छनोट खेलमा नेपाल समूह ‘डी’ मा रहेको छ ।
नेपालको समूहमा आयोजक यूएई, उज्बेकिस्तान र लेबनान रहेका छन् । समूहको पहिलो खेल नेपालले असार ३१ गते यूएईसँग खेल्नेछ भने साउन २ गते उज्बेकिस्तान र साउन ४ गते लेबनानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij