२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

फाेहाेरलार्इ व्यवस्थित गर्न प्रतिपरिवार २१९ रुपैयाँ शुल्क उठाउने तयारी

फाेहाेरलार्इ व्यवस्थित गर्न प्रतिपरिवार २१९ रुपैयाँ शुल्क उठाउने तयारी

काठमाडाैं उपत्यकामा फाेहाेर व्यवस्थापनकाे निम्ति आगामी वैशाख ६ गतेदेखि प्रतिपरिवार २१९ रुपैयाँ प्रतिमहिना सेवा शुल्क उठाइनेछ । शुल्क हरेक वर्ष ५ प्रतिशतका दरले यो शुल्क बढ्दै जानेछ ।

उपत्यकाको फोहोर व्यवस्थापन गर्नको लागि लगानी बोर्डले भारतीय निजी कम्पनीहरुसँग परियोजना व्यवस्थापन सम्झौता (पीडीए) गने तयारी गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार अहिले पीडीएका लागि वार्ता चलिरहेको छ । उनले अहिले पीडीए वार्ता चलिरहेको बताए । यो सम्झौता भएसँगै आयोजना सञ्चालनमा आउनेछ ।

काठमाडौं उपत्यकाको १० वटा नगरपालिकाहरुलाई समेट्ने गरी फोहर व्यवस्थापन गर्न लागिएको छ । जसको जिम्मा निजी कम्पनीलाई दिने तयारी भइरहेको छ । अहिले महानगरपालिका तथा नगरपालिकाहरुले आफैं फोहर व्यवस्थापन गर्दै आएका छन् । काठमाडौं, भक्तपुर, ललितपुरसहित दक्षिणकाली,चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, बुढानिलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र शंकारापुर नगरपालिलकामा पहिलो चरणमा यो परियोजना लागू हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij