
काठमाडौं । म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका रामेलु लुकाकुले वायन रुनीले लगाउने गरेको १० नम्बर जर्सी नलगाउने भएपछि जाल्टन इब्राहिमोविकले ९ नम्बर जर्सी दिने भएका छन् ।
म्यानचेस्टर युनाइटेडले लुकाकुका लागि एभर्टनलाई सात करोड ५० लाख पाउण्ड स्ट्रलिङ दिने सहमति गरेपछि लुकाकु युनाइटेड आउने पक्का भएको हो । बेल्जियमका २४ वर्षे लुकाकुले अनुबन्धका लागि युनाइटेडमा शनिबार स्वास्थ्य परीक्षण गर्ने तय भएको छ । लुकाकुको अनुबन्धका विषयमा भएको सहमतिमले क्लब उत्साहित भएको युनाइटेडले जनाएको छ ।
लुकाकुलाई क्लब भित्र्याउन उनकै पूर्व क्लब चेल्सीले पनि सात करोड ५० लाख पाउण्डको प्रस्ताव गरेको थियो । तर चेल्सी यसमा सफल हुन सकेन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij