काठमाडौं । विनियोजन विधेयक सोमबार नै पारित गर्ने तयारी भएको छ । विनियोजन विधेयकमाथिको छलफल सकिएर सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनेक्रम चलिरहेको र त्यो क्रम सकिएपछि सोमबार नै विधेयक पारित गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।
सोमबारको संसद बैठकमा छलफलको क्रममा उठेका प्रश्नको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिएपछि विनियोजन विधेयक निर्णयार्थ पेश गरिने छ ।
यस्तै आर्थिक विधेयक, ऋण तथा जमानत विधेयक र राष्ट्र ऋण उठाउने विधेयक भने असार २९ गते पारित गरिने भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij