२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अख्तियारभित्रै एआईजीलाई धम्की

अख्तियारभित्रै एआईजीलाई धम्की

काठमाडौँ । अख्तियार दुरुपयोग अनुन्धान आयोग पुगेका प्रहारीका एआइजी बोल्न नजान्दा झण्डै कारवाहीमा परेका छन् ।

एआइजी कृष्णकुमार तामाङलाई आयोगका आयुक्तहरुले बैठककै क्रममा कारवाहीको धम्की दिएको आजको दृष्टि साप्ताहिकमा खबर छ ।

गत बुधबार अख्तियारले गृहमन्त्रालयका सचिव, ुरक्षा निकायका प्रमुख तथा गृह र प्रहरीका सबै जसो उच्च अधिकृतहरुलाई बोलाएको थियो ।

गृहमन्त्रालय र मातहतका भ्रष्टाचारको विषयमा परेको उजुरीको बारेमा छलपल गर्न उनीहरुलाई बोलाएको थियो ।

आयोगले उजुरीको विषयमा छलफल गर्न बोलाउँदा बिना कुनै तयारी एआइजी तामाङ पुगेका थिए । आयोगका पदाधिकारीहरुले राखेको प्रश्नमा केही पनि थाहा नभएको बताएपछि आयोगका आयुक्तहरुले उनलाई दफा १२ प्रयोग गरी कारवाही गर्ने धम्की दिएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij