२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

स्टार हुँदैमा फिल्म हिट हुन्न : आलिया भट्ट

स्टार हुँदैमा फिल्म हिट हुन्न : आलिया भट्ट

मुम्बई । बलीउड अभिनेत्री आलिया भट्टले फिल्म हिट गर्नका लागि सुपरस्टार आवश्यक नहुने बताएकी छिन् । आलिया चाँडै मेघना गुलजारको नयाँ फिल्म ‘राजी’ मा देखिँदैछिन् । यो फिल्ममा उनको अपोजिट विक्की कौशल देखिँदैछन् ।

आलियासँग पत्रकारले प्रश्न गरे कि शाहरुख र शाहिद जस्ता सुपरस्टारसँग काम गरिसक्नु भएको छ, अब विक्की कौशलसँग काम गर्न सजिलो भयो कि गाह्रो ? उनले उत्तर दिँदै भनिन्, ‘विक्की मभन्दा राम्रो कलाकार हुन् । हामी सबै राम्रो काम गर्न आएका हौं र चाहन्छु कि नयाँ फिल्महरु यसअघिका फिल्मभन्दा राम्रो हुनेछन् । मलाई फिल्म हिट गर्नका लागि सुपरस्टारको आवश्यकता छैन, मात्र राम्रो स्क्रिप्ट र को-स्टार हुन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij