२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

लालु यादव परिवारका १२ घरमा सिबिआईको छापा

लालु यादव परिवारका १२ घरमा सिबिआईको छापा

नयाँ दिल्ली । सिबिआईले शुक्रबार बिहान लालुप्रसाद यादवको पटनास्थित घरसहित १२ स्थानमा छापा मारेको छ। राष्ट्रिय जनता दलका प्रमुख यादव रेल मन्त्री हुँदा होटल मर्मतका लागि दिएका डेन्डरमा देखिएको घोटलालाई लिएर अनुसन्धान गरिरहेको सिबिआईले पछिल्लो छापा मारेको हो। लालुले स्टेसनसँगै रहेका भारतीय रेल्वेका होटलहरूको मर्मत र सञ्चालनका लागि दिएको टेन्डरहरूमा घोटला गरेको आरोप लागेको थियो।

यादव उनकी पत्नी राब्री देवी र बिहारका अहिलेका उपमुख्य मन्त्री तेजस्वीविरूद्ध उक्त घोटलाको अभियोग लागेको छ।

यादवको पटनास्थित घरसँगै दिल्ली, हरियाणाको गुडगाउँ, उडिसाको पुरी र झारखण्डको राँचीमा रहेका यादव परिवारको घर तथा सम्पत्तिमा सिबिआईले शुक्रबार बिहान साढे ७ बजे छापा मारेको हो।

सिबिआइले यादवको पटनास्थित घरमा छापा मारेको बेला उनी घरमा थिएनन्। उनी सिबिआईको कोर्टमा उपस्थित हुन राँची पुगेका थिए।

सिबिआईले उनलाई गाई बस्तुको दाना सम्बन्धी अर्को घोटमा बयान लिन राँची बोलाएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij