२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

३२५ स्थानीय तहको मतगणना सकियो, ९ को जारी

३२५ स्थानीय तहको मतगणना सकियो, ९ को जारी

काठमाडौं । १४ असारमा दोस्रो चरणको निर्वाचन सम्पन्न भएका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३२५ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । हाल ५ जिल्लाका ९ स्थानीय तहको मतगणना कार्य जारी छ ।

हालसम्म २९ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना कार्य जारी रहेका १ नम्बर प्रदेशको झापा जिल्लाको दमक, मेचीनगर र अर्जुनधारा नगरपालिका र मोरङ जिल्लाको विराटनगर महानगरपालिका तथा धनपाल गाउँपालिकाको मतगणना जारी छ ।

यसैगरी, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका मतगणना जारी छ । यस्तै, प्रदेश नम्बर ७ को कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र पुनरबास नगरपालिका तथा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको मतगणना कार्य जारीे छ ।
गणना सम्पन्न भइसकेका स्थानीय तहमध्ये नेकपा एमालेले १४५, नेपाली कांग्रेस ११८, नेकपा माओवादी केन्द्र ३८, संघीय समाजवादी फोरम ९, नेपाल लोकतान्त्रिक फोरमले ६, राष्ट्रिय प्रजातन्त्र पार्टी ४ र अन्य ५ स्थानीय तहमा विजयी भएका छन् ।

१४ असारमा दोस्रो चरणको निर्वाचन सम्पन्न भएका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३२५ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । हाल ५ जिल्लाका ९ स्थानीय तहको मतगणना कार्य जारी छ । हालसम्म २९ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना कार्य जारी रहेका १ नम्बर प्रदेशको झापा जिल्लाको दमक, मेचीनगर र अर्जुनधारा नगरपालिका र मोरङ जिल्लाको विराटनगर महानगरपालिका तथा धनपाल गाउँपालिकाको मतगणना जारी छ ।

यसैगरी, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका मतगणना जारी छ । यस्तै, प्रदेश नम्बर ७ को कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र पुनरबास नगरपालिका तथा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको मतगणना कार्य जारीे छ । गणना सम्पन्न भइसकेका स्थानीय तहमध्ये नेकपा एमालेले १४५, नेपाली कांग्रेस ११८, नेकपा माओवादी केन्द्र ३८, संघीय समाजवादी फोरम ९, नेपाल लोकतान्त्रिक फोरमले ६, राष्ट्रिय प्रजातन्त्र पार्टी ४ र अन्य ५ स्थानीय तहमा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij