
सोल । सामसङ इलेक्ट्रोनिक्सले कम्पनी लगातार छैटौं वर्षमा पनि एसियाकै सर्वाधिक लोकप्रिय ब्रान्ड भएको जनाएको छ । ग्यालेक्सी एस–८ को सफल लन्चको आडमा सामसङ लोकप्रिय भएको हो ।
क्याम्पियन एसिया–प्यासिफिक र निल्सेनले सार्वजनिक गरेको प्रतिवेदन देखाउँदै कम्पनीले एसियामा पहिलो लोकप्रियता हासिल गरेको फर्मले जनाएको छ ।
एसियाका उत्कृष्ट १ हजार ब्रान्डमा सामसङ इलेक्ट्रोनिक्स पहिलो नम्बरमा परेको हो । अमेरिकी प्रविधि कम्पनी एप्पल दोस्रो स्थानमा परेको छ । यसपछि क्रमशः जापानको सोनी र स्विट्जरल्यान्डको नेस्ले परेका छन् ।
सामसङले गत वर्ष सार्वजनिक भएको ग्यालेक्सी नोट सेभेनको घटनालाई पारदर्शी रूपमा सञ्चालन गरेको र यसै वर्ष ग्यालेक्सी एस–८ स्मार्टफोन सफलतापूर्वक सार्वजनिक गरेकाले पनि कम्पनी एसियामै लोकप्रिय ब्रान्ड बन्न सफल भएको क्याम्पियन एसिया–प्यासिफिकले जनाएको छ ।
गत वर्ष दक्षिण कोरियाली प्रविधि कम्पनीले ग्यालेक्सी नोट सेभेनको उत्पादन बन्द गरेको थियो । चार्ज गर्ने क्रममा संयन्त्रमा आगो लागेपछि सामसङले ग्यालेक्सी नोट सेभेनको उत्पादन बन्द गरेको हो । अनुसन्धानले फोनबाट हटाउन नमिल्ने ब्याट्रीका कारण समस्या उत्पन्न भएको अनुसन्धानले देखाएको छ ।
यो पछिल्लो अनुसन्धान १३ एसियाली राष्ट्रका ६ हजार भन्दा बढी उपभोक्तामाझ सञ्चालन गरिएको थियो ।सस्तो र आकर्षक चिनियाँ मोबाइल फोनको बजारमा प्रवेशका बाबजुद सामसङले आफ्नो बिक्री र लोकिप्रियता हासिल गर्न सफल भएको अनुसन्धानले देखाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij