२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

वैदेशिक राेजगारीमा सिन्डिकेट छ, हटाउन प्रयाशरत छु ः ढकाल

वैदेशिक राेजगारीमा सिन्डिकेट छ, हटाउन प्रयाशरत छु ः ढकाल

यतिबेला नेपालमा वैदेशिक राेजगारकाे क्षेत्रमा काम गर्ने व्यवसायीहरूलार्इ अब तुरून्तै हुन लागेकाे अधिवेशनले छाेएकाे छ । दैनिकजसाे विभिन्न कार्यक्रमहरू फरक-फरक समूहबाट अायाेजना भइ नै रहेका छन् ।

संघको नयाँ नेतृत्वका लागि संघमा अावद्ध सदस्यहरूले विभिन्न राजनीतिक दल निकट माेर्चा बनाएका छन् । सबैजसाे माेर्चाले वैदेशिक राेजगारकाे क्षेत्रमा काम गर्ने व्यवसायीकाे हकहितमा काम गर्ने भनेपनि विभिन्न राजनीतिक दलनिकट रहेका देखिन्छन् । यसै सन्दर्भमा नेपाली कांग्रेस निकटका वैदेशिक रोजगार व्यवसायीहरूले विमल ढकालको नेतृत्वमा प्यालन मैदानमा उतारेका छन् । विमल ढकाल यसअघिको कार्यसमितिमा पनि अध्यक्ष थिए । उनको कार्यकाल धेरै हदसम्म सफल रहेको दाबी गरिन्छ ।

चुनावी मैदानका दुर्इ पात्रहरू वायाँ विमल ढकाल, दायाँ राेहन गुरूङ

कांग्रेस निकट व्यवसायीहरूको संगठन वैदेशिक रोजगार व्यवसायी फोरमले यसपटक पनि पुःन ढकाललाई नै अध्यक्षमा उठाएकाे छ। फोरमभित्र अध्यक्षको टिकटलाई लिएर केही असन्तुष्टि पनि थिए । तर, अन्तिम चरणमा सबै असहमति, असन्तुष्टि र समस्यालाई समाधान गरेका बताइन्छ । यी र यस्तै विषयवस्तुमा रहेर वैदेशिक रोजगार व्यवसायी संघमा दोस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिएका विमल ढकालसँग  कुराकानी  यहाँ प्रस्तुत गरिएकाे छ ।

तपाईको प्यानललाई किन मतदान गर्ने ?

– वैदेशिक रोजगार व्यवसायी र कामदारलाई व्यवस्थित र मर्यादित बनाउन म पहिला पनि सक्रिय थिएँ । अर्को कार्यकालका लागि पनि म त्यही विषयलाई ध्यानमा राखेर अध्यक्षमा उम्मेदवारी दिएको हुँ । म मात्र होइन मेरो प्यानलमा रहेका सबै व्यवसायी साथीहरू हाम्रो व्यवसायको हकहितका लागि केन्द्रित हुनुहुनेछ ।

निर्वाचनमा तपाईका एजेण्डाहरू के–के छन् ?

– वैदेशिक रोजगार ऐन २०६४ परिमार्जनको अन्तिम तयारीमा छ । श्रम मन्त्रालयले त्यसका लागि गृहकार्य गरिरहेको छ । हामीले त्यसमा सहयोग गरिरहाको छौँ । यो ऐन परिमार्जन भएर आयो भने व्यवसायी र कामदारको पक्षमा हुनेछ । त्यसमा मेरो ध्यान केन्द्रित । वैदेशिक रोजगार व्यवसायमा लामो समयदेखि सिण्डिकेट कायम रहेको छ । त्यो सिण्डिकेट हटाउन म लागि रहेको छ । हाम्रो टिम लागि रहेको छ । सिण्डिकेट कुनै पनि हालतमा हटाउने छौँ । सिण्डिकेटले गर्दा सीमित व्यवसायीलाई मात्रै फाइदा भएको छ । त्यसले गर्दा अन्य व्यवसायी र कामदारलाई बेफाइदा भएको छ । प्रतिस्पर्धाको जमानामा सिण्डिकेटलाई कुनै पनि हालतमा हटाइनेछ ।

तपाई अघिल्लो कार्यकालमा पनि अध्यक्ष हुनुहन्थ्यो सिण्डिकेट हटाउनु पहल गर्नुभएन ?

– किन नगर्नु । सिण्डिकेट हटाउन ठूलो प्रयास गरेका थियौँ । हामीहरू सिण्डिकेट हटाउन र त्यसको अन्त्यका लागि नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र परराष्ट्र मन्त्रालयसम्म पुग्यौँ । हाम्रो मागको प्रारम्भीक सुनुवाई भए पनि पूरै कार्यान्वयन भएको छैन । अब त्यसलाई अन्त्य गर्ने छौँ ।

वैदेशिक रोजगारीमा सिण्डिकेट के–केमा छ ?

– हरेक क्षेत्रमा सिण्डिकेट छ । श्रम मन्त्रालयदेखि कामदार पठाउने देशसम्म सिण्डिकेट छश्रम मन्त्रालयदेखि कामदार पठाउने देशसम्म सिण्डिकेट छ । सिण्डिकेटका कारण थोरै मात्रै व्यवसायी फाइदामा छन् । कामदारहरू कर्मामा परेका छन् ।

वैदेशिक रोजगार व्यवसायी र कामदारबीच किन सुमधुर सम्बन्ध हुन सकेन ?

– धेरै तिक्तता छैन । केही समस्या आउने गरेका छन् । त्यसलाई हामी व्यवसायीहरू मिलेर मिलाउने गरेका छौँ । सकेसम्म व्यवसायी र कामदार कसैलाई पनि समस्या नओस् भन्ने पक्षमा रहन्छौँ ।

सधैँ व्यवसायीहरूले कामदारलाई ठग्ने गर्छन् भन्ने गुनासाहरू आइरहन्छ नि किन ?

– व्यवसायमा राम्रा–नराम्रा दुबै प्रकारका समस्या हुन्छन् । यो व्यवसायमा केही कठिनाइहरू पनि छन् । काम गर्दै जाँदा हुने गरेका समस्यालाई समाधान गरिरहेका छौँ । जहाँसम्म कामदारलाई ठगेको कुराको गुनासाहरू आइरहेका छन् । अहिले त्यस्ता गुनासाहरूमा धेरै कमी आएको छ । पहिला जस्तो छैन । अब व्यवसायी र कामदार दुबै सजग छन् । अपबादलाई छाडेर व्यवासयीहरूले कामदारहरूलाई ठगेको भन्न मिल्दैन ।

फ्रि भिसा र फ्रि टिकटको सरकारी निर्णयलाई तपाईहरूले सहयोग गर्नु भएन है ?

– सहयोग गरेका छौँ । सरकारले हतारमा तयारी नै नगरेर फ्रि भिसा र फ्रि टिकटको निर्णय ग¥यो । त्यसले गर्दा समस्या आएको हो । दस हजारमा कामदारलाई पठाउन नसकिने होइन सकिन्छ । तर, सरकारले पनि सहयोग गर्नु पर्छ नि । सबै कुरा व्यवसायीलाई मात्रै दोष देखाएर हुन्छ र ?

फ्रि भिसा र फ्रि टिकटको सरकारी निर्णय कार्यान्वयनको विषय तपाईको एजेण्डामा यस पटक परेन है ?

– एजेण्डामा पर्ने नपर्ने कुरा होइन । फ्रि भिसा र फ्रि टिकटको निर्णय कार्यान्वयन होस् भन्ने पक्षमा हामी पनि छौँ । त्यसमा भएका केही त्रुटिलाई हटाइनुपर्छ । सरकारले व्यवसायीहरूका समस्यालाई पनि बुझ्नु पर्छ । हतारमा लागू गरेको निर्णय हामीले कसरी कार्यान्वयन गर्ने । समस्या छ नि फ्रि भिसा र फ्रि टिकटको विषयमा समस्या समाधान गर्न श्रम मन्त्रालयले कार्यदल बनाएको छ । व्यवसायीहरूसँग सरसल्लाह लिइरहेको छ । एउटा सुझाव आउनेछ । त्यसबाट हल निस्कन्छ भन्ने मैले ठानेको छु ।

तपाईहरूले पठाउने कामदारहरूले विदेशमा आफूहरूलाई सुरक्षित ठान्दैनन् किन हो नि ?

– असुरक्षित महसुस गर्नु पर्ने कुनै कारण हुँदैन । हामीले सम्बन्धित देशसँगको श्रम सम्झौताअनुसार कामदारलाई पठाउने हो । डराउनु पर्ने अवस्था छैन । कामदार जाने मुलुकहरूमा नेपाली दूतावास हुन्छन् । समस्या पर्‍यो भने त्यहाँ गएर सहयोग लिन सकिन्छ ।

तपाईहरूको यो प्यानलभित्रै विवाद छ रे नि हो ?

– कुनै विवाद छैन । सहमतिमा प्यानल घोषणा गरिएको हो । हेर्दै जानुस् हाम्रो प्यानलले अत्याधिक मतसहित जित्नेछ । हाम्रा वरिष्ठ रोजगार व्यवसायीहरूको समर्थन छ ।

तपाईहरूको प्यानल समावेशी छ कि छैन ?

– हाम्रो प्यानल समावेशी छ । सबैलाई समेटेर उम्मेदवारी दिएका छौं । चुनावी प्रचार प्रसार गरिरहेका छौं ।

तपाईले जित्नु भयो भने दोस्रो कार्यकालमा व्यवसायीहरूको हितमा काम गर्नु हुन्छ भन्ने ज्ञारेन्टी के छ ?

– मैले पहिला पनि व्यवसायी र कामदारहरूको हकहितमा काम गरेको हुँ । दोस्रो कार्यकालका लागि निर्वाचन भएँ भने पनि इमान्दारिताका साथ काम गर्नेछु । मेरो काममा आशंका गर्नु पर्ने कारण छैन । व्यवसायी साथीहरूलाई सोध्नुस् मैले के–के काम गरे भन्ने कुरा उहाँहरूले आफै भन्नु हुनेछ ।

तपाईले दोहोर्‍याएर अध्यक्ष पदमा उम्मेदवारी दिँदै हुनुहन्छ । यसबाट तपाईकै धेरै साथीहरू रिसाएका छन् भन्ने सुनिन्छ ?

– होइन त्यस्तो केही छैन । हामी सबैसँग सम्पर्कमा छौँ । एक्लो व्यक्तिले केही गर्ने होइन । मलाई सबै साथीहरूको साथ चाहिन्छ । सबैको सहयोग भयो भने मात्रै म सफल हुने हो । त्यस कारण कोही साथीहरूमा असन्तुष्टि छैन । भएका कुरा मिलाइ सकेको कुरा मैले तपाईलाई पहिला नै भनि सकेको छु ।

तपाईले कांग्रेस निकटका व्यवसायीलाई मात्रै काखी च्याप्नु हुन्छ भन्ने आरोप छ नि ?

– मेरो अस्था कांग्रेसमा छ । मे कांग्रेसलाई समर्थन गर्छु । तर, व्यवसायमा कांग्रेस वा फलानो भनेर भेदभाव कहिल्यै गरेको छैन । गर्ने पनि छैन । साझा संस्थाको उम्मेदवार बन्ने अनि एउटा समूहलाई मात्रै बोकेर हिँड्न कसैलाई पनि सुहाउँदैन । आफ्नो व्यावसायिक मर्यादा कायम राख्नु पर्छ । मेरो र मेरो समूहको उम्मेदवारी समग्र व्यवसायीहरूको हकहितका लागि हो सबैले यसरी बुझ्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij