२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कोरियामा कार्यरत नेपाली कामदारको तलब बढाउन आग्रह

कोरियामा कार्यरत नेपाली कामदारको तलब बढाउन आग्रह


काठमाडौं । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले दक्षिण कोरियामा कार्यरत नेपाली कामदारको तलबलगायत अन्य सेवा सुविधा बढाउन आग्रह गरेका छन् । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्कयोङ सिकसँग मंगलबार भएको भेटवार्तामा मन्त्री मन्सुरले यस्तो आग्रह गरेका हुन् ।

उनले ईपीएसमार्फत प्रशिक्षार्थी कामदारका रूपमा दक्षिण कोरियामा पुगेर अहिलेसम्म वैधानिक रूपमा कार्यरत नेपाली कामदारको श्रम सुरक्षा, मर्यादा तथा सेवा, सुविधा वृद्धिलगायत अन्य सेवा थप्ने विषयमा समेत विशेष चासो राखेर यस्तो आग्रह गरेका हुन् ।

श्रम तथा रोजगार मन्त्रालयमा भएको सो भेटघाटका क्रममा उनले नेपाली पक्षले चिकित्सक, इन्जिनियरजस्ता दक्ष जनशक्ति कोरियामा रोजगारीका लागि खुला गर्न, ईपीएस प्रणालीमार्फत जाने नेपाली कामदारको दरबन्दी बढाउन, कोरियामा ‘केयर गिभर’ खुलाउन तथा महिला कामदारको माग वृद्धि गर्नेजस्ता विषयलाई प्राथमिकता दिनसमेत नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसँग आग्रह गरेका थिए ।

उनले नेपालबाट मेडिकल पास भएर गएकाहरू त्यहाँ फेल भएको, दक्षिण कोरियामा कार्यरत नेपाली कामदारको मृत्युदर र आत्महत्या गर्नेहरूको संख्यामा भइरहेको वृद्धिको विषयमा समेत मन्त्रालयको तर्फबाट राजदूतको ध्यानाकर्षण गराइएको थियो । सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत प्रशिक्षार्थी कामदार पठाउने सम्झौता भएपछि ईपीएस प्रणालीमार्फत अहिलेसम्म करिब ३५ हजारभन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीका सिलसिलामा कोरिया पुगेका छन् ।

सन् २०१८ का लागि दक्षिण कोरियाले थप १० हजार २ सय नेपाली प्रशिक्षार्थी कामदार लैजाने घोषणा गरेको छ । आगामी वर्षका लागि गत जेठमा सम्पन्न आठौं कोरियन भाषा परीक्षाको नतिजा आगामी ११ साउनमा हुने भएको छ । सोही कामदार कोटाअनुसार आगामी वर्षका लागि लिइएको आठौं कोरियन भाषा परीक्षामा सहभागी हुनेमध्ये ६ हजार २ सय जना कृषि क्षेत्र र ४ हजार जना उत्पादनमूलक क्षेत्रमा रहेका छन् । सोही भेटवार्ताका क्रममा राजदूत सिकले नेपालले उठाएका विषय आफूले गम्भीरतापूर्वक लिएको तथा आफ्नो सरकारसमक्ष ती विषय पु¥याउने प्रतिबद्धता व्यक्त गरे । उनको यस प्रतिबद्धताले अब कोरियामा कार्यरत नेपाली कामदारले हाल खाईपाई आएको मासिक तलबलगायत अन्य सेवासुविधा बढ्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij