२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

विम्बल्डन टेनिसः जोकोविच र फेडेरर दोस्रो चरणमा

विम्बल्डन टेनिसः जोकोविच र फेडेरर दोस्रो चरणमा

काठमाडौं । विश्व नम्बर दुई नोभाक जोकोविच र तेस्रो बरियताका रोजर फेडेरर विम्बल्डन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

पहिलो चरणमा जोकोविच र फेडेररका प्रतिस्पर्धी खेलाडीले चोटका कारण नखेलेपछि पूरा खेल नखेलेपछि दुवैजना दोस्रो चरणमा पुगेका हुन् । फेडेररले ६–३ र ३–० ले अग्रता लिएको अवस्थामा युक्रेनका अलेक्जेण्डर डोल्गोपोलोभले चोटका कारण खेल छोडेका थिए ।

यस्तै जोकोविचले ६–२ र २–० को अग्रता लिएको अवस्थामा प्रतिस्पर्धी मार्टिन क्लिजानले चोटका कारण खेल छोडेका थिए । डोल्गोपोलोभ र क्लिजान दुवै पछिल्लो समय चोट मुक्त हुन संघर्षरत छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij