२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

हर्न निषेधित क्षेत्रमा फेरि बज्न थाल्यो हर्न : कारवाही गर्न सिभिल प्रहरी सडकमा

हर्न निषेधित क्षेत्रमा फेरि बज्न थाल्यो हर्न : कारवाही गर्न सिभिल प्रहरी सडकमा


ललितपुर । काठमाडौँ उपत्यकालाई हर्न निषेधित क्षेत्र घोषणा गरेपनि पुनः राजधानीमा सवारीसाधानहरु चर्को हर्न बजाउन शुरु गरेका छन् ।

ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा फेरि सवारीसाधनहरुले हर्न बजाउन शुरु गरेका छन् ।

गत वैशाख १ गतेदेखि राजधानीलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

तर, अहिले यो नियम उल्लंघन गर्नेको संख्या बढ्न थालेपछि ट्राफिक प्रहरीले पुनः कडाई गर्न शुरु गरेको हो ।

यसरी जथाभावी हर्न बजाउनेमा मोटरसाइकल पहिलो नम्बरमा रहेको छ ।

जथाभावी हर्न बजाउनेहरुलाई कारवाही गर्न प्रहरीले सोमबारबाट काठमाडौँ उपत्यकामा विभिन्न स्थानमा सादा पोशाकका प्रहरीहरु खटाउन शुरु गरेको छ ।

ललितपुरमा मात्र २ घण्टाको अवधिमा ३८ वटा सवारी कारवाहीमा परेका छन् ।

लतिलपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुका अनुसार हर्न निषेधित क्षेत्र कडाईका साथ लागु गरिने बताए ।

हर्न बजाएको पाए पहिलो पटक पाँच सय जरिवाना हुने र दोस्रो पटक कारवाही परे १ हजार रुपैयाँ जरिवाना हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij