सोल । सामसङ इलेक्ट्रोनिकसको स्मार्टफोन ब्रान्ड ग्यालेक्सी लगातार सातौं वर्षमा दक्षिण कोरियाकै सर्वाधिक मूल्यवान ब्रान्ड भएको सर्भेले देखाएको छ ।
१००० अंकमध्ये ९४०.९८ अंक प्राप्त गरेर ग्यालेक्सी फोनले दोस्रो त्रैमासिक अवधिमा पहिलो स्थान हासिल गरेको दक्षिण कोरियाली बजार अनुसन्धान फर्म ब्रान्डस्टकले जनाएको छ ।
कोरियाको स्थानीय ब्रान्डको वर्गीकरणमा ग्यालेक्सीले लगातार पहिलो स्थान हासिल गर्ने ब्रान्डस्टकले जनाएको छ ।खुद्राबिक्रीको कम्पनी सिनसेगेले सञ्चालन गरेको ई–मार्ट दोस्रो स्थानमा परेको छ । तेस्रो स्थानमा नाभेर परेको ब्रान्डस्टकले जनएको छ ।
कोरियाकै ठूलो बैंक केबी कुकमिन बैंक चौथो स्थानमा परेको छ । केबी कुकमिन बैंक केबी फाइनान्सियल ग्रुपको फ्ल्यागसिप हो ।यो वर्षको दोस्रो त्रैमासिक अवधिमा सामसङ सी एन्ड टी ३३ औं स्थानमा परेको छ ।
यो गत वर्षको २६ औं स्थानबाट ओरालो लागेर ३३ औं स्थानमा कायम भएको हो । केही निश्चित बढी चर्चामा रहेका क्षेत्रमा रियलइस्टेटको अवस्था नियन्त्रण गर्नका लागि सरकारले घरका लागि दिइने कर्जामा कडाइ गरिने घोषणा सरकारले गरेको छ ।
यसैबीच हुन्डाईको विलासी उपब्रान्डका रूपमा रहेको जिनेसिस तीन स्थान उकालो लागेर २४ औं स्थानमा पुगेको छ । यो स्थानीय कार ब्रान्डमध्येकै उच्च हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij