पोखरा । पोखरामा विगत २४ घण्टाको अवधिमा यस वर्षकै सबैभन्दा बढी वर्षा भएको छ। पोखरामा यस वर्षको मनसुन सुरुवात सँगै हिजो परेको पानी सबैभन्दा बढी १९१ मिलिमिटर हो।
जल तथा मौषम विज्ञान विभागका अनुसार आईतबार बिहानसम्मको मापनमा पोखरामा सबैभन्दा बढी वर्षा भएको पाइएको छ।
पोखरापछि दाङमा ८० मिलिमिटर तथा धनगढीमा ६५ र भैरहवामा ४३ मिलिमिटर वर्षा भएको छ। वर्षाका कारण पोखरा ठाउँ ठाउँमा क्षति पुगेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij