२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

रोल्पामा मतपेटिकामा एसिड राखेपछि रोकिएको मतदान सुरु

रोल्पामा मतपेटिकामा एसिड राखेपछि रोकिएको मतदान सुरु

रोल्पा । मतदाताले मतदान गर्ने क्रममा मतपेटिकामा एसिड राखेपछि स्थगित भएको रोल्पा नगरपालिका १० को जनता प्रावि भनभने मतदान केन्द्र ‘ख’ मा मतदान सुरु भएको छ ।

राजनीतिक दल तथा उम्मेदवारले एक सय ५० मध्ये ४ वटा जलेका मतपत्र बाहेक अरुलाई यथावत मान्दै पुनः मतदान गर्ने सहमतिमा मतदान सुरु भएको मतदान अधिकृत धर्मराम गिरीले जानकारी दिनुभयो । मतपेटिकामा कस्ले एसिड राखेको भन्ने बारे खुल्न सकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै रोल्पाको सुवर्णावती गाउँपालिका वडा नम्बर ३ को चन्दप्रभा मावि केन्द्रमा मतदान सम्पन्न भएको छ । जम्मा १५ सय ९४ मतदाता रहेकोेमा १ हजार ७८ मत खसेको बताइएको छ । यस्तै जिल्लाभर झण्डै ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij