२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

जर्मनी र स्पेन फाइनलमा

जर्मनी र स्पेन फाइनलमा

काठमाडौं । जर्मनी र स्पेन २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको फाइनलमा आ–आफ्नो खेल जित्दै जर्मनी र स्पेनले उपाधि यात्रा तय गरेका हुन् ।

जर्मनीले इंग्ल्याण्डलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित र थप गरिएको समयमा २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

टाइब्रेकरमा नाथन रेडमण्डको पेनाल्टी प्रहार जमर्नीका गोलरक्षक जुलिएन पोलेर्बेकले बचाएपछि इंग्ल्याण्ड सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । अर्को साउल निगुएजको ह्याट्रिकको मद्दतमा इटालीलाई ३–१ ले हराउँदै स्पेनले जर्मनीसँगको फाइनल भेट पक्का ग¥यो । फाइनल खेल शुक्रबार पोल्याण्डको क्राकोवमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij