काठमाडौं । पाकिस्तानका बाँया हाते स्पिनर इमाद वासिम आइसिसी ट्वेन्टी ट्वेन्टी बलरको वरियतामा नम्बर एकमा पुगेका छन् । यसअघि नम्बर एकमा रहेका दक्षिण अफ्रिकाका इमरान ताहिर तेस्रो र भारतका जसप्रित बुमराह दोस्रोमा छन् । बलरमा चौथो स्थानमा अफगानिस्तानका रसिद खान छन् ।
इंग्ल्याण्डसँगको खेलमा खराब प्रदर्शन गरेका कारण ताहिरले आफ्नो स्थान गुमाउनु परेको हो । यस्तै नयाँ वरियताअनुसार ट्वेन्टी ट्वेन्टी क्रिकेटमा न्यूजिल्याण्ड एक नम्बरमा, इंग्ल्याण्ड दोस्रोमा र पाकिस्तान तेस्रोमा छन् । ब्याटिङमा भारतका विराट कोहली पहिलो स्थानमा, अष्ट्रेलियाका आरोन फ्रिन्च दोस्रोमा, न्यूजिल्याण्डका केन विलियमसन तेस्रोमा छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij