२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

लक्ष्मी बैंकको १६ औं साधारणसभा मंगलबार, के-के छन् प्रमुख एजेण्डा ?

लक्ष्मी बैंकको १६ औं साधारणसभा मंगलबार, के-के छन् प्रमुख एजेण्डा ?

काठमाडौं । लक्ष्मी बैंकको १६ औं वार्षिक साधारणसभा असार १३ गते मंगलबार बस्ने भएको छ । अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बस्ने सभाले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ३८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्दैछ ।

बैंकले गत वर्षको पुँजीबाट ३८ प्रतिशत बोनस दिने पस्ताव गरेपनि हालै बिक्री गरिएको १०० प्रतिशत हकप्रद र दियालो विकास बैंकलाई गाभेर कायम भएको चुक्ता पुँजीलाईसमेत हिसाब गर्दा यो बोनस दर १८ दशमलव २९ प्रतिशत मात्र हुन आउँछ । साधारणसभा र बोनस प्रयोजनका लागि बैंकले असार २ गतेदेखि शेयरधनी पुस्तिका बन्द गरेको छ । यसर्थ असार १ गतेसम्म कायम शेयधनीले मात्रै बैंकको बोनस प्राप्त गर्नेछन् ।

त्यस्तै सो सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिशन गर्ने विषयमा पनि छलफल हुनेछ ।

यसका साथै, बैंकले साधारण सभामा कुल चुक्ता पूँजीमा संस्थापक शेयरधनीको स्वामित्व ५१ प्रतिशत कायम हुनेगरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा पेस गर्दैछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij