काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको ठूलो चाड रमजानको अवसरमा सरकारले सोमवार सार्वजननिक विदा दिने निर्णय गरेको छ ।
मुश्लिम समुदायको पर्व इद उल फित्रको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मुश्लिम समुदायको पर्व रमजान परेकाले सोमवार सार्वजनिक विदा दिने निर्णय भएको गृह प्रवक्ता दीपक काफ्लेले जानकारी दिए ।
मुश्लिम समुदायले चन्द्रमा हेरेर मात्रै चाड मनाउने प्रचलन रहेका आइतबार बेलुकासम्म पनि विदाको अन्योलता रहेको थियो ।
मुश्लिम समुदायले आइतबार बेलुकाको चन्द्रमा हेरेपछि ब्रत भंग गर्ने गर्दछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij