२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

गायक सन्तोष गुरुङले सिकाए युवतीलाई मायाजालमा पार्ने काइदा

गायक सन्तोष गुरुङले सिकाए युवतीलाई मायाजालमा पार्ने काइदा

काठमाडौं । जवान उमेरका युवायुवती प्रेममा पर्न कति आतुर हुन्छन् ? एउटा युवकले एउटी युवती पाउनका निम्ती कति संघर्ष गर्ला ?

त्यतिमात्र होइन कथा मोडिदै जाँदा एकतर्फी गहिरो प्रेममा फसेको युवकका निम्ती मन परेकी युवती एकाएक टाढिदा कति तडपिएला ? यी सबै मनोभावको दृश्य एउटा गीतले प्रष्टाइदिएको छ ।

यात्राका क्रममा भेटिएकी एक युवतीको प्रेममा फसेको एक युवकको कथा समेटिएको गीतलाई गायक सन्तोष गुरुङले भिडियोमा दुरुस्त उतारिदिएका छन् ।

बहुचर्चित इमेज अवार्डको सम्मान पाएका युवा गायक गुरुङले आफ्नो नयाँ गीतको म्युजिक भिडियोमा एक युवाको प्रेमप्रतिको मोहलाई झल्काइदिएका छन् । मनपरेकी युवतीप्रति युवकको मनोविज्ञानलाई भिडियोमा उतारिएको छ ।

बासुदेव मुनालको शब्द तथा मोहित मुनालको संगीतमा रहेको ‘एउटै छ बाटो’ बोलको गीतको म्युजिक भिडियो उनले क्यानभास प्लसमिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरेका गरेका छन् ।

गायनसँगै म्यूजिक भिडियो निर्देशनमा सक्रिय देखिएका गायक गुरुङले भिडियोलाई नयाँ धारमा निर्देशन गरेका छन् । भिडियोको निर्देशनमा नयाँपन देख्न पाइन्छ ।

नविन के। श्रेष्ठले छायांकन गरेको म्युजिक भिडियोलाई ज्ञानेन्द्र गोपालीले सम्पादन गरेका हुन् भने गायक गुरुङले नै यस म्युजिक भिडियोलाई निर्देशन गरेका छन् ।

लोक कर्णेल र करुणा श्रेष्ठको अभिनय रहेको यस म्युजिक भिडियोले गायन संगै निर्देशनमा पनि अघि बढ्ने उर्जा मिल्ने उनले विश्वास गरेका छन् ।

डेढ दर्जनबढी गीतमा स्वर दिएका गायक गुरुङले यसअघि पनि केही गीतको भिडियो निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij