२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

साउदी राजाले छोरालाई युवराजधिराज बनाए, भतिजलाई गरे बर्खास्त

साउदी राजाले छोरालाई युवराजधिराज बनाए, भतिजलाई गरे बर्खास्त

रियाद । साउदी राजा सालमनले आफ्ना छोरा मोहमद बिन सालमनलाई साउदी अरेबियाको युवराजधिराज घोषित गरेका छन् ।

उनले यसअघि उनका भतिज मोहमद बिन नायफलाई युवराजधिराज नियुक्त गरेका थिए । राजा सालमनले उनलाई बर्खास्त गरी आफ्ना छोरा मोहमद बिनलाई युवराजधिराज बनाएको बताइएको छ ।

साउदी प्रेस एजेन्सीले बुधबार साउदी अरेबियाली राजदरबारबाट प्रकाशन गरेको सूचनालाई उद्धृत गर्दै दिएको समाचारमा सो विषय उल्लेख गरिएको छ ।

युवराजधिराजका साथै उनलाई साउदी अरेबियाको रक्षामन्त्रीमा पनि नियुक्त गरिएको सो सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij