२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

पावर चाइनाद्वारा काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग बनाउन प्रस्ताव, छलफल जारी

पावर चाइनाद्वारा काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग बनाउन प्रस्ताव, छलफल जारी

काठमाडौं । पावर चाइनाले काठमाडौ–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माणको प्रस्ताव गरेको छ ।

चीनको ठूलो ऊर्जा उत्पादक पावर चाइना र नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) बीच हाल सुरुङमार्ग निर्माणको विषयमा छलफल भइरहेको छ । छलफल सकरात्मक रुपमा अघि बढेकाले केही दिनमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने सम्भावना रहेको एनपीबीसीएल स्रोतले जानकारी दिएको छ ।

लगानी जुटाउन नसक्दा हाल आयोजना अन्यौलपूर्ण अवस्थामा छ । यता सरकारले निजगढ जोड्नका लागि अर्को सडक निर्माणको काम सेनालाई दिइसकेको छ । सेनाले सडक निर्माणको काम थालेको छ । यो सडक निर्माणपछि सुरुङमार्ग आर्थिक रुपमा आकर्षक नहुने सम्भावना छ ।

समयमा निर्माण सुरु नगर्दा सरकारसँग भएको सम्झौता सकिएपछि यसलाई गति दिन एनपीबीसीएलले नयाँ लगानीकर्ता खोजी गरेको हो । सम्झौता सकिए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उसको नाममा रहेको सुरुङमार्गको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छैन । प्रवद्र्धक एनपीबीसीएलले गत पुससम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने बताएको थियो ।

सरकारले २०७० जेठमा सुरुङमार्ग निर्माणका लागि एनपीबीसीएलललाई अनुमति दिएको थियो । जनता, निजी, सार्वजनिक साझेदारी (४ पी) प्रारुपमा अघि बढाउने गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको थियो । आयोजनाको लागत ३४ अर्ब रुपैयाँ लाग्ने भनिए पनि ढिलाइले ५० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

राजधानीको बल्खुबाट सुरु हुने सडकको लम्बाई हेटौडा बजारसम्म पुग्दा ५८ किलोमिटर लामो हुने छ । यो सुरुङमार्ग सम्पन्न भएपछि १ घण्टामै हेटौडा पुग्न सकिने एनपीबीसीएलले जनाएको थियो । हाल राजधानीबाट हेटौडा पुग्न २२७ किलोमिटर पार गर्नुपर्छ । यो सडक पार गर्न ६ घण्टा लाग्ने गरेको छ ।

३० वर्ष कम्पनीकै स्वामित्वमा सञ्चालन गर्ने गरी कम्पनीलाई सरकारले आयोजना निर्माण अनुमति दिएको हो । कम्पनीले ३० वर्षसम्म सुरुङमार्ग भएर ओहोरदोहोर गर्ने सवारीसाधान शुल्क (टोल रेट) लिएर आफ्नो लगानी र प्रतिफल लिनसक्ने सम्झौता भएको छ ।
कम्पनीले हालसम्म विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को अध्ययन सम्पन गरी प्राविधिक डिजाइन तयार गरिसकेको छ भने स्थानीय वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) सरकारबाट स्वीकृत गराइसकेको छ ।

कुलेखानी–भीमफेदी खण्डको चिसापानीगढी पहाडमा ३ किमि ६७ मिटर, भैंसे दोभानमा ६ सय २० मिटर र चोभारमा ३ सय २० मिटर  सुरुङ निर्माण गर्नुपर्ने छ । सुरुङमार्गमा १५ वटा पुल रहनेछन् । कुल ३ किमिको १ सय मिटर लम्बाइको यी पुलमा ४ लेन  रहने छ  ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij