काठमाडौं । सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, बर्षा राउत, रविन्द्र झा, आमिर गौतम लगायतका कलाकारको अभिनय रहेको चलचित्र ‘फाटेको जुत्ता’ सकिएको छ ।
अर्जुन कुमारको निर्माण रहेको चलचित्र ३२ दिनमा सकिएको हो । विरगञ्जका विभिन्न स्थानमा चलचित्र छायाँकन गरिएको छ ।
बिरगञ्ज बन्दका कारणले जंगल भित्र लुकेर चलचित्र छायाँकन गरिएको निर्माता अर्जुनले बताए । मधेस बन्दका कारण चलचित्रको बजेट अनुमान गरिए भन्दा १५ लाख बढि लागेको निर्माता अर्जुनको भनाई रहेको छ ।
निकेश खड्काको निर्देशन रहेको चलचत्रि कमेडी जनरामा निर्माण गरिएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij