२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

लण्डन हमलाः ‘उनी चिच्याइरहेका थिए, म सबै मुसलमानलाई मार्न चाहन्छु’

लण्डन हमलाः ‘उनी चिच्याइरहेका थिए, म सबै मुसलमानलाई मार्न चाहन्छु’

लण्डन । उत्तर लण्डनमा फिन्सबरी पार्क मस्जिद नजिकै एक भ्यान पैदल यात्रुमाथि चढ्यो । पुलिसका अनुसार यसमा एकको मृत्यु भएको छ भने आठ जनाभन्दा बढि घाइते भएका छन् ।

सेवन सिस्टर रोडमा भएको उक्त दुर्घटनामा भ्यानका ड्राइभरलाई पक्राउ गरिएको छ । मेट्रोपोलिटन पुलिसका अनुसार स्थानीय समयानुसार राती सवा १२ बजे पुलिस अधिकारीलाई यसबारे जानकारी दिइयो ।

घटनाका प्रत्यक्षदर्शी खालिद अमिनले बीबीसीलाई भने, ‘भ्यानले जानीजानी बायाँतर्फ मोडेर मानिसहरुलाई किच्न थाल्यो । भ्यानभित्र दुईजना थिए । तीमध्ये एकले नियन्त्रण गरे भने अर्का व्यक्तिले ‘म सबै मुसलमानलाई मार्न चाहन्छु’ भन्दै चिच्याइरहेका थिए । त्यसपछि उनी त्यहाँबाट भागे ।’

प्रधानमन्त्री टेरिजाले पुलिसले यसलाई सम्भावित चरमपन्थी हमला बताएको जानकारी दिएकी छिन् । लण्डनका मेयर सादिक खानले यसलाई ‘साझा मूल्यमाथिको हमला’ बताएका छन् ।

रमजानका कारण भीडः

मुस्लिम काउन्सिल ब्रिटेन (एमसीबी) को दाबी अनसार भ्यानका चालकले ‘नियतवश’ मानिसहरुलाई ठक्कर दिएका छन् । प्रत्यक्षदर्शीका अनुसार उक्त इलाका निकै व्यस्थ थियो किनभने रमजानका कारण मानिसहरु बेलुकाको प्रार्थना गरेर फर्किरहेका थिए ।

योभन्दा पहिले तीन जूनमा लण्डन ब्रिज र नजिकैको इलाकामा मानिसहरुमाथि हमला भएको थियो जसलाई पुलिसले चरमपन्थी हमला बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij