२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

५ लाख ३८ हजार विद्यार्थी सहभागि एसइइकाे नतिजा आज सार्वजनिक हुँदै

५ लाख ३८ हजार विद्यार्थी सहभागि एसइइकाे नतिजा आज सार्वजनिक हुँदै

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज केही बेरमा सार्वजनिक हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको नतिजा सार्वजनिक गर्न सबै प्रक्रिया पूरा गरिसकेको जनाएको छ । आज (शुक्रबार) बिहान ९ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी छ, ’परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भने ।’

पनिकाले गत ३ देखि १४ चैतसम्म एसइई परीक्षा सञ्चालन गरेको थियो । एसइईका नामबाट कक्षा १० को परीक्षाफल पहिलोपटक प्रकाशित हुन लागेको हो । गत चैत पहिलो साता लिइएको परीक्षामा नियमित र आंशिक गरेर ५ लाख ३८ हजार विद्यार्थी सहभागी थिए ।

विगतमा एसएलसी परीक्षाका नामबाट  सञ्चालन हुँदै आएको याे परीक्षा नेपाल सरकारले शिक्षा ऐनको संशोधन गरी कक्षा ८ सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यमिक तहका रूपमा पुनर्संरचना गरेसँगै  कक्षा १० को अन्तिम परीक्षालाई एसइई र १२ को परीक्षालाई एसएलसिई भनेर नामकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij