२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

६ दिनसम्म श्रीमतीको लाससँगै सुते यी पुरुष, कारण छ दर्दनाक

६ दिनसम्म श्रीमतीको लाससँगै सुते यी पुरुष, कारण छ दर्दनाक

आफ्नो मान्छेको प्रेममा पागल हुनेहरुका कथाहरु धेरै देख्नु तथा सुन्नुभएकै होला । तर बेलायतको यो कथा भने अलिक फरक छ । समाचार अनुसार रसेल डेभिसनकी ५० वर्षीया श्रीमती वेन्डी डेभिसनको गत २१ अप्रिलमा मृत्यु भयो । पछिल्लो १० वर्षदेखि पाठेघरको क्यान्सरसँग जुधिरहेकी जिवनसंगिनी वेन्डीको निधनपछि उनका पति रसेल दुखी नहुने कुरै भएन । पत्नी प्रति उनको प्रेम यतिधेरै थियो की वेन्डी मरिसकेपछि पनि उनले पत्नीको शवको अन्तिम संस्कारको क्रिया गर्न मानेनन् । उनले पत्नीको शवलाई शवदाह गृहमा लैजान पनि इन्कार गरे । उनले पत्नीको शवलाई सबैभन्दा पहिले आफ्नो बेडरुममा लगेर राखे ।

त्यसपछि उनी सोही बेडरुममा पत्नीको शवसँगै बस्न थाले, त्यहीँ सुत्न थाले । पूरै ६ दिनसम्म उनी पत्नीको शवसँगै बसे । श्रीमतीको शवसँगै ६ दिन बस्दा आफुलाई धेरै आत्मशान्ति मिलेको उनी बताउँछन् । पत्नीको शवसँगै उनी बसिरहँदा धेरै आफन्तहरु उनलाई भेट्न आए । उनको हालत देखेर आगन्तुकहरु भक्कानिएर रुन्थे । उनले पत्नीलाई यति धेरै माया गर्दथे की उनी आफ्नी पत्नीको शवलाई डाक्टरको हातमा सुम्पिन चाहन्नथे ता की तत्कालै शवलाई शवदाह गृहमा लगेर अन्त्येष्टि गरियोस् । घरमै प्राण त्याग्ने वेन्डीको पनि इच्छा थियो र जिवनको अन्तिम समयमा उनी अस्पताल भर्ना हुन चाहिनन् ।

मानिस एकदिन मर्नैपर्छ । तर मृत्युको कुरा गर्न सबै डराउँछन् र मानिस मरिसकेपछि जतिसक्दो चाँडो शवलाई अन्त्येष्टिका लागि कुदाउँछन् । तर आफुले मृत्युलाई नजिकबाट अनुभुति गर्ने र मृत्युपछिको पलमा पनि पत्नीको राम्रो हेरचाह गर्ने अभिलाषा बोकेको हुँदा आफुले कुनै शवदाह गृहमा लगेर पत्नीको लासलाई तत्कालै नबुझाएको उनी बताउँछन् । ६ दिन घरमा राखिसकेपछि मात्र उनले पत्नीको शवलाई अन्त्येष्टि गर्न आफैं लगे ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij