यो भन्दा अगाडि नेपाली फिल्मी जगतलाइ तीन राम्रा फिल्म ‘चंखे शंखे पंखे, प्रेमगीत र प्रेमगीत २’ दिई सकेको आशुषेन फिल्मसले आफ्नो ब्यानरमा‘दीपेन्द्र सरकार’चैथो फिल्मको रुपमा बनाउने पक्का भएको छ ।
आज काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा अर्धमृत अवस्थामै १३ औ राजा बनेका दीपेन्द्र विर विक्रम शाहको प्रेम कथालाई लिएर चलचित्र बन्न लागेको जानकारी दिइएको थियो ।दिपेन्द्रको २९ बर्षको उमेरमा सन् २००१ को जुन ३ मा निधन भएको थियो ।नारायणहिटीमा सन १९७१ जुन २१ तारिकका दिन जन्मिएका दीपेन्द्रको प्रेम जीवन कुनै बेला निकै चर्चामा थियो । निर्माता सेनले दीपेन्द्रको प्रेम कथामा आधारित भएर यस चलचित्र बनाउन लागेको समेत बताए । यश चलचित्रको लागत ५ करोड ५० लाख रहने बताइएको छ । विवेक कुमार शाहले लेखेको पुस्तक ‘मैले देखेको दरबार’मा आधारित रहेर यो चलचित्र बन्ने समेत निर्माण टिमले जानकारी दिएको छ । जसका लागि निर्माताले, पुस्तकको अधिकार पनि किनिसकेका छन् ।
“दिपेन्द्र सरकार”को प्रदर्शन मिति पनि वि.सं २०७५ को जेठ १९ लाई तोकिएको छ, जुन दिन दरबार हत्याकाण्ड घटेको थियो । नेपाल, बेलायत र अमेरिकामा छायांकन हुने यो चलचित्रका निर्देशक र अन्य कलाकार केही दिनमै सार्वजनिक गरिने र ‘दीपेन्द्र सरकार’ बन्न लागेको नायक प्रदिप खड्काले निर्माण टिमको निर्देशन अनुसार आफू पात्रको भूमिकामा ढल्ने समेत बताए ।उत्त कार्यक्रममा राजाको भेषमा पुगेका प्रदिपले चलचित्रका लागि आफू मोटाउने पनि बताएका छन् । दीपेन्द्र केही मोटा रहेकाले पनि प्रदिपले उनकै जीउडालमा आफूलाई ढाल्ल्नु पर्ने निर्माणपक्षको भनाई छ । साथै निर्माण पक्षले महोत्सवका लागि डेढ घन्टा र व्यवसायिक रिलिजका लागि २ घन्टाको चलचित्र बनाइने पनि जानकारी दिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij