तपाईलाई याद छ ? जब हामी साना केटाकेटी थियौं, त्यस बेला धेरै जसो हामी औँला चुस्ने वा नङ टोक्ने गरि रहन्थ्यौं । उसो त बच्चा जन्मिनु भन्दा पहिला पनि गर्भमा औँला चुसिरहेको अल्ट्रासाउन्ड रिपोर्टहरुमा देख्न पाइन्छ ।
तर, केटाकेटी हुर्किसक्दा पनि जब औँला चुसिरहन्छन्, अनि बाबुआमा बच्चाको स्वास्थ्यलाई लिएर चिन्तामा हुन्छन् । किटाणुबाट बचाउन केटाकेटीलाई औँला चुस्न दिन हुँदैन भन्ने मान्यता पनि नभएको होइन। तर, एउटा नयाँ अध्ययनले यो पुष्टि गरेको छः कि पाँच देखि ११ वर्षबीचका औँला चुस्ने बच्चाहरुलाइ पछि गएर कम एलर्जी हुँदाे रहेछ । न्युजिल्यान्डमा भएको सो अध्ययनको रिपोर्ट ‘पेडियाट्रिक्स जर्नल’मा प्रकाशित छ।
न्युजिल्यान्डको डनिडिनमा सन् १९७२–७३ मा जन्मिएका एक हजार ३७ बच्चाहरुमा उक्त अध्ययन गरिएको थियो। उनीहरुमध्ये केटाकेटीमा औँला चुस्ने तथा नङ टोक्ने बानी भएका र नभएका बच्चाहरुको १३ र ३२ वर्षको उमेरमा छालाको एलर्जी परीक्षण गरिएको थियो। उनीहरु अहिले ३८ वर्ष पुगेका छन् र स्पष्ट रुपमा औँला चुस्ने बानि भएका बच्चाहरुमा एलर्जी कम देखिएको हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij