काठमाडौं– सुनौलो भविष्यको खोजीमा कलेज पढ्दापढ्दै वैदेशिक रोजगारीको सिलसिलामा विदेश हान्निए उनी । दुबईस्थित एक प्रसिद्ध रेस्टुरेन्टमा सहयोगीको रुपमा काम गर्न पुगेका उनी आफ्नो क्षमता देखाउँदै म्यानेजरसम्म बन्न सफल भए । ७ वर्षको बीचमा उनले राम्रै कमाई गरे । तर उनमा लाग्यो– विदेश भनेको विदेश नै हो । यहाँ जिन्दगी बित्न सक्दैन, बरु नेपालै गएर केही गर्छु ।
उनी अर्थात तारुका, नुवाकोटका राजेश बोगटी जो विदेशको आकर्षक रोजगारी छाडेर अहिले स्वदेशमै केहि गरौं भनि फर्किएका छन्, र विदेशमा सिकेको सिप तथा अनुभवलाई सदुपयोग गर्दै व्यवसाय सुरु गरेका छन्, रेस्टुरेन्टको ।
नेपाल फर्किएसँगै उनले नेपाली उपभोक्तालाई विभिन्न स्वाद र परिकारका पिज्जाको स्वाद चखाउने उद्देश्यले खोलेका छन्–आइ लभ पिज्जा रेस्टुरेन्ट । राजधानीको ठमेलस्थित सरस्वती क्याम्पस नजिकै उनले दोलाखाका उज्वल खड्कासँगको सहकार्यमा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।नेपाली समुदायमा अझैंसम्म पनि पिज्जा नौलो परिकारनै रहेको अवस्थामा उनीहरुको रेस्टुरेन्टमा सस्तो दररेटमा गुणस्तरीय पिज्जा पाइन्छ । रेस्टुरेन्टको आकर्षण पिज्जामा पनि लभ सेप (आकार) को पिज्जा यहाँको मुख्य आकर्षण हो ।
उज्वल खड्काका अनुसार रेस्टुरेन्टमा लभ सेप र अन्य सेपमा भेज, मसरुम, चिकेन, ससेज, पाइनापल, गार्लिक, मारिनोलगायतको गुणस्तरीय पिज्जा सस्तो दरमा पाइन्छ । रेस्टुरेन्टमा पिज्जाबाहेक, बर्गर स्यान्ड्विट र मःमदेखि चियाकपीसम्मको सेवा समेत उपलब्ध रहेको राजेश बोगटीले बताए ।
सञ्चालनको दुई महिनामै ग्राहकको मन जित्न सफल भइसकेको रेस्टुरेन्टमा भीआईपीदेखि साधारण ग्राहक समेत पुग्ने गरेका छन् भने ग्राहकहरुले सस्तो दरमा गुणस्तरीय सेवा उपलब्ध गराएको भन्दै प्रसंशा गर्ने गरेको राजेश बताउँछन् ।
यो रेस्टुरेन्टको अर्को विशेषता के हो भने ओपन किचेन । ग्राहकरुले आफ्नै आँखाले हेरेर स्वस्थ्छ र ताजा खानेकुरा पाउँछन् ।
राजेश भन्छन्, ‘हामीले कम रेटमै स्तरीय सेवा दिने प्रयास गरेका छौं, छोटो समयमै ग्राहकको राम्रो प्रतिक्रिया आएका छ, यसले हामीलाई उत्साहित बनाएको छ ।’
पछिल्लो समय ठमेल आसपासको क्षेत्रमा रेस्टुरेन्टले होम डेलिभरीको समेत व्यवस्था गर्दा ग्राहक थप आकर्षित भएका छन् । होम डेलिभरीको लागि ठमेल आसपासका क्षेत्रहरु पकनाजोल, लैनचौर, सा्ह्रखुट्टे, नयाँबजार, मैह्पी सामुखसीलगायतका ग्राहकहरुले मोबाइल नम्बर ९८१०३५०४४१ मा सम्पर्क गरेर अर्डर गर्न सक्ने उज्वलले बताए ।
रेस्टुरेन्टले निकट भविष्यमै राजधानीका विभिन्न स्थानमा शाखाहरु सञ्चालनमा ल्याउने समेत योजना बनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij