२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

फास्ट ट्रयाक बनेपछि तराई–मधेशको कायापलट हुनेछ: प्रधानमन्त्री

फास्ट ट्रयाक बनेपछि तराई–मधेशको कायापलट हुनेछ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौ–तराई जोड्ने फास्टट्रयाक निर्माण भए त्यसले तराई मधेशको कायापलट हुने विश्वास व्यक्त गरेका छन् ।
आज सिहदरवारमा देशबासीको नाममा विशेष सम्बोधन गर्दै उनले फास्टट्रयाक लगायतका विषयमा आफू प्रधानमन्त्री बन्न लाग्दा संसदमा उत्तेजनापूर्वक सोधिएको भन्दै त्यो सोध्नेहरुको नियत ठिक नभएको र सोध्नेहरु आफैमाथि विश्वास नभएपनि आफूले गरेरै देखाइदिएको बताए ।

फास्टट्रयाकलाई लिएर केही दलहरु ले सुनियोजित रुपमा विवाद चलाएको आरोप लगाउँदै उनले अब फास्टट्रयाक बन्ने विश्वास व्यक्त गरे । यो फास्टट्रयाक तयार भए तराई मधेको जनजीवन परिवर्तन हुने विश्वास व्यक्त गरे ।
फास्टट्रयाक बारेमा फैलाइएका भ्रमका बारेमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छलफल गरेको बताउँदै उनले केही दिनमा आफूले फास्टट्रयाक कार्यको शिल्यानाश गर्ने पनि घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij