तारकेश्वर स्थित पुरानाे गुहेश्वरी क्षेत्रमा भूकम्पकाे समयमा बाटाे साँघुुराे भएकाे र बाटाे विस्तारकाे निम्ति प्रक्रिया अघी बढाउने क्रममा प्रहरीबाट पक्राउमा परेका राप्रपा निकट अर्जुन प्रसाद उप्रेती स्थानीय स्तरकाे विकासकाे कार्यमा निरन्तर सक्रिय रहेका जागरूक पात्र हुन् ।
भूकम्प पश्चात पुरानाे गुहेश्वरी क्षेत्रमा रहेका पुराना घरहरू भत्किए पश्चात् वेसहारा भएका पुतुवारहरूलार्इ सार्वजनिक गुठीकाे जग्गामा भारतीय पुण्य नामक संस्थाले बसाेवासकाे निम्ति पहल गरेकाे तर सार्वजनिक जग्गा भएकाे कारण विद्युत र पानीकाे व्यवस्था नभएकाे अवस्थामा उप्रेतीकाे पहलमा नै विद्युत र पानीकाे व्यवस्था गरियाे ।
अहिले पनि कतिपय मन्दिरमा जातकाे अाधारमा प्रवेशमा निशेष गरिने अवस्था रहेकाे, शिक्षा र स्वास्थ्यकाे निम्ति उपयुक्त सुविधा सबैकाे पहुँचमा नभएकाे, सीपमूलक कार्यमा सक्रिय बन्न सक्ने वातावरण नभएकाे कारण अहिले पनि ठूलाे सङ्ख्यामा मानिसहरू वेराेजगार रहेकाे, शिक्षा र चेतनाकाे समेत वडाकाे सबै क्षेत्रमा पहुँच विस्तार नभएकाे, सामुदायिक जग्गाकाे उचित तवरले व्यवस्थापन हुन नसकेकाे लगायतका कारणबाट तारकेश्वरकाे पुरानाे गुहेश्वरी क्षेत्र विकासकाे हिसाबले पछाडि हुँदा यी समग्र क्षेत्रकाे विकासकाे निम्ति अाफ्नाे उम्मेद्वारी अपरिहार्य देखिएकाे र यसैकारण अाफूले वडा अध्यक्ष पदमा उम्मेद्वारी दिएकाे अर्जुन प्रसाद उप्रेतीले सेताेघर डट कमसँगकाे कुराकानीकाे क्रममा बताए ।
सुरक्षा क्षेत्रमा रही निवृत्त भएका उप्रेती अाफैंले व्यक्तिगत पहलमा नै विकासकाे निम्ति विभिन्न कार्यहरू अघी बढाएका छन् । अाफूले स्थानीय स्तरकाे विकासकाे निम्ति गर्दै अाएका पहलहरू गर्दै अाएकाे र विकास प्रतिकाे अाफ्नाे चासाेलार्इ दृष्टिगत गरेर स्थानीयहरूले अाफूलार्इ मतदानकाे माध्यमबाट तारकेश्वर स्थित ४ नम्बर वडा अध्यक्षकाे रूपमा स्थानीय निर्वाचनमा विजयी गराउनेमा अाशावादी छन् उप्रेती।
पछिल्ला दिनहरूमा निर्वाचनकाे क्रममा कतिपय दल र व्यक्तिहरूले बाहिरी रूपमा देखाउनकाे निम्ति ठूलाे जमात जम्मा गरी सभा सम्मेलन गर्ने प्रचलन रहेपनि उप्रेती भने अन्य व्यक्तिहरू बटुलेर त्यसरी ठूलाे समूह देखिने किसिमले कुनै पनि गतिविधिहरू गरेका छैनन् । विवेकी जनताले निर्वाचनकाे क्रममा कुनै प्रलाेभनमा नपरी अाफूले अावश्यक ठहर्याएकाे उम्मेद्वारलार्इ स्वविवेककाे अाधारमा उम्मेद्वारकाे विगतकाे अवस्था र यथार्थलार्इ बुझेर नै मतदान गर्ने उप्रेतीकाे धारणा छ ।
विभिन्न कठिन परिस्थितिकाे वावजुद पनि अाफू राष्ट्रियताकाे पक्षमा रहने मान्यताले राप्रपाकाे राजनीतिमा हाेमिएका उप्रेती अपाङ्ग जिल्ला समन्व्यन समितिका उपाध्यक्ष हुन् । हाल पूर्व प्रहरी परिषदमा केन्द्रीय सदस्य रहेका उप्रेती राप्रपाका क्षेत्रीय सदस्य हुन् भने राप्रपाकाे तारकेश्वर स्थित ४ नम्बर वडा अध्यक्षकाे भूमीका समेत निर्वाह गर्दै अाएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij