२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

१० बर्षमा समुन्नत टाेखाकाे परिकल्पनामा अधिकारी

१० बर्षमा समुन्नत टाेखाकाे परिकल्पनामा अधिकारी

यसरी हुनेछ सफल

१७.११ वर्गकिलाेमिटर क्षेत्रफलमा फैलिएकाे र करिब ९९ हजार जनसंख्या रहेकाे टाेखा क्षेत्रमा पछिल्लाे दशक वस्ती विकास त भएकाे छ तर सँगसँगै त्यहाँका स्थानीय पहिचानहरू भने सुरक्षित हुन सकेका छैनन् । संस्कृतिकमा अगाडि रहेकाे र पर्यटनकाे समेत राम्राे सम्भावना बाेकेकाे यस क्षेत्रकाे विकासकाे निम्ति नयाँ साेच र विकासप्रेमी नेतृत्वकाे खाँचाे छ । पछिल्लाे दशक यस क्षेत्रमा खानेपानी, ढल, स्तरीय शिक्षा, स्वास्थ्य, सम्भावना रहेका साना तथा घरेलु उद्याेगहरू लगायतकाे क्षेत्रमा अपेक्षाकृत विकास हुन सकेकाे छैन । यस्ताे अवस्थामा काठमाडाैं उपत्यकाकाे एक महत्वपूर्ण नगरपालिकाकाे रूपमा रहेकाे यस क्षेत्रकाे  अबकाे विकास कसरी अघी बढाउनुपर्छ ? विकासका प्राथमिकताहरू के हुनुपर्छ ? भन्ने सम्बन्धमा कुरा गर्नकाे निम्ति टाेखा नगरपालिकाबाट नेकपा (एमाले)काे तर्फबाट मेयर पदमा उम्मेद्वारी दिएका प्रकाश अधिकारीलार्इ हामीले भेटेका थियाैं ।

चुनावी प्रचारप्रसारलार्इ तीव्र बनाएका र अाफ्नाे कार्यतालिकामा हाल अति व्यस्त रहेका अधिकारीले सेताेघर डट कम अनलाइन मिडियाका कार्यकारी सम्पादक कमल पन्थीसँगकाे करिब २० मिनेटकाे बसार्इकाे क्रममा टाेखा क्षेत्रले भाेग्नुपरेका समस्या, विकासकाे अवस्था, सम्भावना र अवका प्राथमिकता लगायतका सम्बन्धमा व्यक्त गरेका धारणालार्इ सम्पादन सहित  प्रकाशनकाे जमर्काे गरेकाे छ ।

अासन्न स्थानीय तहकाे निर्वाचनकाे निम्ति टाेखा नगरपालिका क्षेत्रबाट नेकपा (एमाले)काे तर्फबाट उम्मेद्वारी दिएका अधिकारी लामाे समय देखि सामाजिक राजनीतिक क्षेत्रमा संलग्न रहँदै अाएका छन् ।  विगतका स्थानीय तहकाे चुनावमा लगातार २ पटक गाविस अध्यक्ष पदमा जित हात पार्न सफल उनी स्वभावकाे हिसाबले सरल छन् ।  दिगाे विकासकाे निम्ति प्रतिवद्ध उनी स्थानीय जनतालार्इ राेजगारमुखी कार्यक्रमहरू सञ्चालन गरी उद्यमशिलताकाे विकासमा केन्द्रित गराउनुपर्ने कुरामा जाेड दिन्छन् । अाफू निर्वाचित भएपश्चात् अाफ्नाे पहिलाे प्राथमिकता प्रशासनिक सुुधार नै रहने र त्यससँगै क्रमिक रूपमा विकासका कार्यहरू अघी बढ्ने उनले बताएका छन् ।  स्थानीय तहमा नै विकास र समृद्धिकाे निम्ति  स्राेत र साधनहरू प्रयाप्त रहेकाे र ती स्राेतकाे राम्राे तवरले  परिचालन हुन सके टाेखा क्षेत्रकाे विकासकाे निम्ति लामाे समय नलाग्ने तर प्राथमिकताकाे अाधारमा ती कार्यहरूलार्इ अघी बढाउनुपर्ने कुरामा उनकाे जाेड छ ।

टाेखा क्षेत्रकाे विकासमा के छन् अहिलेकाे चुनाैती र भावी सम्भावना ?

खानेपानी ः

हाल खानेपानीकाे समस्या रहेकाे टाेखा क्षेत्रकाे पानीकाे अावश्यकता परिपुर्तीकाे निम्ति यसै क्षेत्रमा नै पर्ने झाेरकाे झर्नाकाे पानीलार्इ टाेखाकाे अावश्यकता परिपूर्तिमा प्रयाेग गर्नसके पानीकाे अावश्यकता लगभग पूरा हुनेछ । अहिले उक्त क्षेत्रकाे पानी काठमाडाैं शहरमा पठाइएकाे छ तर स्थानीय स्तरमा भने उपलब्ध हुन सकेकाे छैन । अबकाे केही समयमा नै  काठमाडाैंमा मेलम्चीकाे पानी अाउने भएकाे र साेही बमाेजिम तयारी अन्तिम अवस्थामा पुगेकाे हुँदा  काठमाडाैंका छेउछाउका पानीका स्राेतबाट उपलब्ध हुने पानी स्थानीयस्तरमा नै प्रयाेग गर्न सकिने अवस्था सृृजना हुन सक्छ ।

यसकाे साथै टाेखा क्षेत्रमा अहिले सम्म मेलम्ची खानेपानीलार्इ विस्तार गर्ने याेजना बनाइएकाे छैन ।  मेलम्चीकाे पानी काठमाडाैंमा उपलब्ध भएसँगै खानेपानीकाे समस्याकाे समाधान हुन सक्ने अाशा गर्न सकिन्छ तर मेलम्चीकाे पानीलार्इ महानगर भन्दा बाहिर पर्ने टाेखा लगायतका क्षेत्रमा समेत विस्तारकाे निम्ति पहल गर्ने अधिकारीकाे याेजना छ । यसकाे अलावा स्थानीय मुहानकाे पानी अपुग भए वा मेलम्चीकाे पानी अाउन तत्काल सम्भव नभए डिप वाेरिङकाे माध्यमबाट नै भएपनि सहज रूपमा पानी सबैकाे पहुँचमा पुर्याउनकाे निम्ति पहल गर्ने अधिकारी बताउँछन् । तर टाेखा क्षेत्रमा रहेका परम्परागत कुवा, इनारहरू भने अहिले हराउँदै गएका छन् ।

उद्यमशिलता विकासमा जाेड  ः

वेराेजगार युवा र महिलाहरू ठूलाे सङ्ख्यामा रहेकाे यस क्षेत्रलार्इ लक्षित गर्दै स्तरीय तालिम प्रदान गर्नुपर्ने अावश्यकता महसुस गरेका अधिकारी घरायसी काममा नै समय कटाइरहेका महिलाहरूलार्इ सक्रिय बनाउनकाे निम्ति उनीहरूलार्इ व्यवसायमुखी बनाउन सकिने किसिमका व्यवसायमुखी तालिमहरू सञ्चालन गरी काममा लगाउनुपर्ने अावश्कता देखेका छन् ।

तरकारी खेतीलार्इ प्राेत्साहन ः

विगत केही बर्ष पहिले सम्म थुप्रै खाली जग्गा रहेकाे यस क्षेत्रमा हाल वस्ती विकास र घरहरूले भरिँदै गएकाे कारण खाली जग्गा कम मात्र छ । तरकारी खेतीकाे राम्राे सम्भावना बाेकेकाे यस क्षेत्रमा  काैशी तरकारीलार्इ प्राेत्साहन दिन सके तरकारीकाे अावश्यकताकाे केही हिस्सा अाफैंले पूरा गर्न सकिन्छ । साथै वातावरणमैत्री हरित शहर निर्माणकाे निम्ति पनि सहयाेग पुग्छ ।

सामुदायिक शिक्षाकाे स्तराेन्नति ः

यस क्षेत्रमा निजी क्षेत्रकाे तर्फबाट सयाैं विद्यालयहरू सञ्चालनमा रहेका भएपनि सामुदायिक विद्यालय भने ८ अाेटा मात्र छन् । मध्यम स्तरका र तल्लाे स्तरका मानिसहरूले सामुदायिक विद्यालयलार्इ अावासिय विद्यालय सरह स्तराेन्नति गर्नुपर्ने अावश्यकता महसुस गरेका र अाफूले स्थानीय जनप्रतिनिधिकाे रूपमा काम गर्ने हुनाले अाफ्नाे साेही बमाेजिम पहल रहने अधिकारी बताउँछन् ।

स्वास्थ्य ः

सामान्य प्रकृतिका अाैषधीहरू निःशुल्क रूपमा उपलब्ध गराउने याेजनामा छन् अधिकारी । साथै स्तरीय स्वास्थ्य सेवा प्रदायक संस्था यस क्षेत्रमा सञ्चालन गर्नुपर्ने अावश्यकता समेत छ ।

सडक ः

अधिकारी भन्छन्, ‘बाटाे निर्माणकाे क्रममा स्थानीय जनताहरू विस्थापित हुनुपर्ने अवस्था अाउनुहुँदैन । यद्यपि विकास अावश्यक भए जनताले वाधा पनि सृजना गर्नुहुँदैन । बाटाे निर्माणकाे क्रममा स्थानीयलार्इ मुअाब्जाकाे व्यवस्था गर्नुपर्छ ।’ विकासकाे क्रममा अाफूले अावश्यकता बमाेजिम समन्वयनकारी भूमीका निर्वाह गर्नुपर्ने र साेही बमाेजिम प्रक्रिया अघी बढाउनुपर्नेमा अधिकारी सचेत देखिन्छन् ।

ट्राफिक समस्या बढ्दै गएकाे याे क्षेत्र  जाेडिने ८ अाेटा नाकाहरू रहेकाे तर बाटाेकाे अवस्था कमजाेर रहेकाे कारण समस्या उत्पन्न भएकाे बताउँदै टाेखालार्इ व्यवस्थित गर्नकाे निम्ति सडकलार्इ गुणस्तरीय बनाउनुपर्ने अधिकारीकाे धारणा छ । यसाे हुन सके ट्राफिक समस्याबाट मुक्ति पाउन सकिन्छ । यसकाे अलावा सार्वजनिक यातायातलार्इ सर्वसुलभ मूल्यमा उपयाेग गर्न सकिने  वातावरण बनाउनुपर्ने र यसकाे निम्ति सम्बन्धित सबै पक्षकाे सल्लाह बमाेजिम उपयुक्त उपाय अपनाएर अाफू अघी बढ्ने अधिकारीकाे धारणा छ ।

विद्युत पाेलकाे व्यवस्थापन ः

काठमाडाैंका सबैजसाे क्षेत्रमा दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरूले सडकमा जथाभावी रूपमा पाेल गाडेकेा कारण बाटाेकाे ठूलाे हिस्सा अाेगटेकाे मात्र छैन, शहरलार्इ कुरूप पनि बनाएकाे छ । यसकाे व्यवस्थापनकाे हुन सके शहरकाे व्यवस्थापनमा थप सहयाेग मिल्नेमा अधिकारी विश्वस्त छन् ।

याेजनाकाे अाधारमा विकास ः

१० बर्षमा टाेखा क्षेत्रलार्इ समुन्नत नगरकाे रूपमा विकास गर्ने याेजना बुनेका अधिकारीले अाफ्ना याेजनाहरूलार्इ अल्पकालिन, मध्यकालिन र दीर्घकालिन याेजनाकाे अाधारमा अघी बढाउने याेजनामा छन् । यी याेजनाहरूलार्इ पूरा गर्नकाे निम्ति सबैभन्दा पहिले प्रशासनिक सुधार हुनुपर्ने  साथै भाैतिक पूर्वाधारहरूमा पनि मजबुत हुनुपर्ने अावश्यकता अधिकारीकाे दृष्टिकाेण छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij