काठमाडौं । संवैधानिक परिषदको मंगलबार बसेको वैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातलाई सिफारिस गरेको छ।
संसदमा महाभियोग र सर्वोच्च अदालतले अख्तियारका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई ‘अयोग्य’ भन्दै संवैधानिक परिषदको निर्णय बदर गरिदिएपछि आयुक्त बस्न्यात गत बर्षको कात्तिक ४ गतेबाट कायममुकायम प्रमुख आयुक्त हुनुभएको थियो।
उहाँ अख्तियारमा सबै भन्दा वरिष्ठको हैषियतमा हुनुहुन्थ्यो। लामो समय निजामती सेवामा व्यतित गरेका बस्न्यात सचिवबाट अवकास हुनुभएको थियो।
अमेरिका,वेलायत,ब्राजिल,स्वीटजरल्याण्ड,अष्ट्रेलिया,अष्ट्रिया,जर्मनी,फ्रान्स,इटाली,जापान,सिंगापुर,मलेसिया,उत्तर कोरिया, इण्डोनेसिया,चीन,भारत,पाकिस्तान लगायतका मुलुक भ्रमण गर्नु भएका बस्न्यात भौतिक योजना मन्त्रालयको सचिव पनि हुनु भएको थियो । बस्न्यातलाई अख्तियारको प्रमुख आयुक्तका लागि सुनुवाई गर्न संसदीय सुनुवाई विशेष समितिमा पठाइएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij